८ महिने शिशुको अपहरणपछि हत्या, औरही बजार नै शोकमा
महोत्तरी, भदौ । औरही नगरपालिकाबाट आइतबार साँझ अपरहणमा परेकी ८ महिने शिशुको हत्या गरी फलिएको अवस्थामा शव फेला परेको छ । औरही नगरपालिका को मुख्य बजारमा फेन्सी पसल सन्चालन गरी बसेका सन्तोष चौधरीकी ८ महिने छोरी सोनालीकुमारीलाई आइतबार पसलमा भीडभाडको मौका छोपी अपहरण गरेको थियो । घटना लगत्तै स्थानीय र प्रहरीले खोजी कार्य जारी राखेको थियो । तर सोनालीको शव सोमबार भंगाह नगरपालिका र औरही नगरपालिका १ को सिमानामा नग्न अवस्थामा फेला परेको छ ।टाउकोमा गम्भिर चोड लागेको र शरीरमा पनि केही निलडाम भएको जिल्ला प्रहरी कार्यालयका डीएसपी खगेन्द्र खड्काले जानकारी दिए । शिशुको शवलाई पोष्टमार्टमका लागि महोत्तरी सदरमुकामको जलेश्वर अस्पताल पठाइएको डीएसपी खड्काले बताए ।
घटनामा भंगाहा नगरपालिका ६ जमुनियाका भरत साहको संलग्नता रहेको आशंकामा प्रहरीले उनको खोजी कार्य जारी राखेको छ । सीसीटिभी फुटेजमा साहले नै शिशुलाई बोकेर बोकेको देखिएको छ भने चौधरीसँग चिनजान भएको भन्दै सोनालीलाई बोकेको प्रत्यक्षदर्शीहरुले पनि बताएका छन् ।आठ महिने शिशुको मृत्युपछि औरही बजार नै शोकमा डुबेको छ । घटनाको विरोधमा सोमबार उद्योग वाणिज्य संघ औरही शाखाले औरही बजार बन्द गराएको छ ।
August 28, 2018 12:29 pm | Uncategorized
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
टाइमलेस प्यालेट (Timeless Palette) – जहाँ कला जीवित रहन्छ* *टाइमलेस प्यालेटद्वारा कला मार्फत नेपाल र बेलायतलाई जोड्ने पहिलो भर्चुअल प्रदर्शनीको सुरुवात*
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)