झापामा बाँध निर्माणसँगै बाढी र कटानको जोखिम घट्दै
झापा । झापाको गौरादह नगरपालिकास्थित रतुवा खोलामा बाँध निर्माणपछि बाढी र कटानको जोखिम पनि घट्दै गएको छ । गौरादह–५ स्थित रतुवा खोलामा आएको बाढी र कटानबाट बर्सेनि यहाँका बासिन्दा पीडित हुँदै आएका थिए ।
गत वर्ष १००–१०० मिटर र यस वर्ष थप १५० मिटर बाँध निर्माण भएसँगै जोखिम न्यूनीकरण हुँदै गएको बाँध निर्माण तथा संरक्षण समितिका अध्यक्ष मदन अधिकारीले बताए । ‘स्थानीयवासी स्वयंको सक्रियतामा बाँध निर्माण भएको छ’, अध्यक्ष अधिकारीले भने, ‘सरकारीस्तरबाट प्रभावकारी सहयोग भएको छैन । बाँध निर्माण भएसँगै २०० घरपरिवार प्रत्यक्ष लाभान्वित भएका छन् भने करीब ५०० बिगाहा जमिनमा कटानको जोखिम कम भएको छ ।’
बाँध निर्माणका लागि ‘जनताको तटबन्धन कार्यक्रम’अन्तर्गत गत वर्ष ३० हजार र यस वर्ष १० हजार थान खाली बोरा उपलब्ध गराइएको थियोे भने छ मिटर पक्की बाँध निर्माण भएको थियोे । गत वर्ष बाँध निर्माणका लागि गौरादह नगरपालिकासमेत रू दुई लाख बजेट उपलब्ध गराएको नगरसदस्य गोमा चेम्जोङले जानकारी दिए ।त्यस्तै गौरादह–६ मा पनि रतुवा खोलाका कारण बाढी कटानको उच्च जोखिममा रहेको छ । बाढीका कारण बर्सेनि सयौँ परिवार घरवारविहीन हुनाका साथै कैयौँ बिघा जमिन कटान हुँदै आएको वडाध्यक्ष खड्ग पराजुलीले बताए ।
September 18, 2018 12:47 pm | Uncategorized
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
टाइमलेस प्यालेट (Timeless Palette) – जहाँ कला जीवित रहन्छ* *टाइमलेस प्यालेटद्वारा कला मार्फत नेपाल र बेलायतलाई जोड्ने पहिलो भर्चुअल प्रदर्शनीको सुरुवात*
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)