

जलमार्गको सम्भाव्यता अध्ययन गर्न सरकारले बनायो समिति
7 years अगाडी
coderpradip

सरकारले जलमार्ग हुँदै भारतबाट सामान ल्याउन सम्भाव्यता अध्ययन गर्न समिति बनाएको छ। जल तथा उर्जा आयोगका सहसचिव माधव बेल्वासेको संयोजकत्वमा समिति गठन भएको हो।
समितिमा उर्जा तथा सिँचाइ,भौतिक पूर्वधार तथा यातायात, उद्योग वाणिज्य तथा आपूर्ति र परराष्ट्र मन्त्रालयका प्रतिनिधि सदस्य रहनेछन्।
गत बिहीबार गठन भएको समितिले केही दिनमै काम थाल्ने संयोजक बेल्वासेले सेतोपाटीलाई जानकारी दिए।
‘केही दिनमै सम्बन्धित मन्त्रालयले प्रतिनिधि पठाउँछन्, त्यसपछि हामी बसेर के गर्ने टुंगो लगाउँछौं,’ बेल्वासेले भने,’अध्ययन गर्न भारतसँग पनि समन्वय आवश्यक छ।’
अध्ययन गर्न समितिलाई ३० लाख रुपैयाँ बजेट छुट्याइएको छ। काम राम्ररी अघि बढे रकम बढाउन पनि सकिने उनले बताए। सम्भाव्यताका अध्ययनका लागि समय भने नतोकिएको उनले जानकारी दिए।
June 3, 2018 5:22 am | Uncategorized,अर्थ,चलचित्र,टिप्स/जानकारी,प्रवास,फोटो,राजनीति,रोचक,लोकप्रिय,विचार/ब्लग,संगीत,समाचार,समाज,साहित्य,स्वास्थ्य
प्रतिकृयाहरू :
समाचारहरु:

भर्खरै प्रकाशित

निरेम म्युजिक फेस्ट २०२५ स्थगित भयको छ।

सरोकारवाला पक्षसँग निरन्तर सम्पर्कमा रहेका छाैँ : मानव अधिकार आयोग

जेन जी’ प्रदर्शन : १९ जनाको ज्यान गयो, झन्डै साढे ३ सय जनाकाे उपचार चल्दै

कुवेतस्थित नेपाली दूतावासमा नयाँ द्वितीय सचिवको कार्यभार प्रारम्भ

आज अन्तर्राष्ट्रिय परोपकार दिवस

प्रेस विज्ञप्ती (महेश पक्ष)एनआरएनए कुवेतद्वारा तथ्यहीन समाचारको खण्डन

३० गतेदेखि १ सय ११ ठाउँमा चाडपर्वलक्षित सहुलियत मूल्य पसल सञ्चालन हुने

वीरगञ्जमा अहिलेसम्म १ सय ३६ जनामा हैजा सङ्क्रमण
Loading...

