सांसदहरूको शपथका लागि बहुउद्देश्यीय हल तयार
काठमाण्डाै – नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूको शपथ ग्रहण र संसद् बैठक सञ्चालनका लागि सङ्घीय संसद् सचिवालयले निर्माणाधीन संसद् परिसरभित्रको बहुउद्देश्यीय हल तयार गरेको छ ।
पर्सि बिहीवार हुने शपथ कार्यक्रमका लागि हलको भौतिक व्यवस्थापन कार्य सम्पन्न भएको सचिवालयले जनाएको छ । प्रतिनिधिसभाको स्थायी सभाकक्ष समयमै निर्माण सम्पन्न हुन नसकेपछि यो हललाई अस्थायी रूपमा संसद् सञ्चालनका लागि प्रयोग गर्न लागिएको हो ।
सचिवालयका सहसचिव एवम् प्रवक्ता एकराम गिरीकाअनुसार धेरैजसाे पूर्वाधार तयार भइसकेको छ भने केही प्राविधिक काम अन्तिम चरणमा छन् । कुर्सीहरूमा माइक्रोफोन जडान भइरहेको र भोलिसम्म सकिने उहाँले जानकारी दिए। दुई वटा कुर्सीमा एउटा माइक्रोफोनको व्यवस्था गरिएको छ । सभामुखका लागि छुट्टै कोठा र अतिरिक्त बस्ने व्यवस्था पनि मिलाइँदैछ ।
पर्सि हुने शपथ कार्यक्रममा २४ जना सांसदले मातृभाषामा शपथ लिँदैछन् । स्थायी सभाकक्ष तयार नभएसम्म प्रतिनिधिसभाका बैठकहरू यही हलबाट सञ्चालन हुनेछ । पहिलो अधिवेशनसमेत यही हलमा बस्ने सम्भावना रहेको सचिवालयले जनाएको छ ।
गएको भदौ २३ र २४ गते भएकाे नवयुवा आन्दोलनका क्रममा बानेश्वरमा रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा भएको क्षतिका कारण वैकल्पिक ठाउँका रूपमा बहुउद्देश्यीय हल प्रयोग गर्नुपरेको हो । सिंहदरबार परिसरको १५६ रोपनी क्षेत्रफलमा संसद् भवन निर्माण भइरहेको छ । उज्यालो 






प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
इराकबाहेक मध्यपूर्वका सबै देशमा रोकिएको श्रम स्वीकृति खुला