कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
काठमाण्डौ — प्रधानमन्त्री बालेन्द्र शाहले असुरक्षित र जोखिमयुक्त ठाउँमा बसोबास गरिरहेका नागरिकलाई सुरक्षित ठाउँमा स्थानान्तरण गर्ने तयारी भइरहेको बताउनु भएको छ । अरु भूमिहीन नागरिकहरूको हकमा सम्बन्धित आयोगको सिफारिसका आधारमा आवश्यक निर्णय लिइने उहाँको भनाइ छ ।
सामाजिक सञ्जाल फेसबुकमार्फत प्रधानमन्त्री शाहले सरकारले कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । “सरकारका सम्पूर्ण कदमहरू नागरिकको आवासको हक सुनिश्चित गर्दै दीगो समाधान निकाल्ने उद्देश्यले अगाडि बढाइएका हुन्,” सन्देशमा भनिएको छ ।
उहाँले अपुष्ट सूचना नफैलाउन, भ्रममा नपर्न र अनावश्यक रूपमा नआत्तिन आग्रह गर्नुभएको छ । साथै हरेक भूमिहीन नागरिकको सुरक्षित, सम्मानजनक र स्थायी आवास सुनिश्चित गर्न सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको प्रधानमन्त्री शाहको भनाइ छ । काठमाण्डौ उपत्यकाका नदी किनार तथा सरकारी स्वामित्वका जग्गामा भएको अतिक्रमण हटाउने विषयमा टीकाटिप्पणी भैरहँदा प्रधानमन्त्री शाहले सरकारको तर्फबाट आफ्नो धारणा सार्वजनिक गर्नुभएको हो ।
साथै उहाँले सरकारले सञ्चालन गरिरहेको अतिक्रमित संरचना हटाउने अभियानलाई लिएर भूमिहीन तथा अव्यवस्थित बसोबासमा रहेका नागरिकहरूमा त्रास फैलाउने प्रयास भइरहेकोप्रति गम्भीर ध्यानाकर्षण भएको बताउनुभएको छ । विशेष गरी उठिबास हुने आशंका फैलाउने गतिविधिप्रति सरकार सचेत रहेको प्रधानमन्त्रीको भनाइ छ ।
केही कानुनी जटिलता हटाइएपछि वास्तविक भूमिहीन नागरिकहरूको पहिचानका लागि डिजिटल लगत संकलन, विवरण प्रमाणीकरण तथा अभिलेख व्यवस्थापनको कार्य समेत शुरु गरिएको प्रधानमन्त्री शाहले जानकारी गराउनुभएको छ । उज्यालो
May 4, 2026 11:59 am | राजनीति
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
लुम्बिनी समाज नेपाल कुवेतद्वरा यहि आउदो शुक्रबार १२ तारीख १३ औं बार्षिक उत्सव तथा खुला भलिबल प्रतियोगिता गर्दै।
रास्वपाकाे आह्वानमा सिंहदरबारमा सर्वदलीय बैठक चल्दै : अरु दलका शीर्ष नेताहरू अनुपस्थित
निरेम प्रोडक्सन कुवेतको आयोजना तथा मेट्रो मेडिकल सेन्टरको सहकार्यमा मिति ५ जुन २०२६ मा स्वास्थ्य शिविर सफलतापूर्वक सम्पन्न भएको छ्।
मध्य काठमाण्डौमा १३२ केभी क्षमताको भूमिगत प्रसारण लाइन निर्माण हुने
टाइमलेस प्यालेट (Timeless Palette) – जहाँ कला जीवित रहन्छ* *टाइमलेस प्यालेटद्वारा कला मार्फत नेपाल र बेलायतलाई जोड्ने पहिलो भर्चुअल प्रदर्शनीको सुरुवात*
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !