अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
काठमाण्डाै – अर्थ मन्त्रालयले देशको वर्तमान आर्थिक स्थितिपत्र सार्वजनिक गरेको छ । यसअघि पदभार ग्रहणका बेला अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक अवस्थाबारे प्रतिवेदन तयारी गरी सार्वजनिक गर्ने घोषणा गर्नुभएको थियो ।
त्यसैअनुसार अर्थ मन्त्रालयले आज अर्थतन्त्रको वर्तमान अवस्था उल्लेख गरी स्थितिपत्र, अबको चुनौती र भावी कार्ययोजना समेटेर श्वेतपत्र सार्वजनिक गरेको हो । विगत एक दशकको औसत आर्थिक वृद्धिदर ४.२ प्रतिशत मात्र रहेको र चालू आर्थिक वर्ष २०८२/८३ मा वृद्धिदर जम्मा ३.५ प्रतिशतमा सीमित हुने प्रक्षेपण मन्त्रालयको छ ।
आउँदो आर्थिक वर्षदेखि औसत ७ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्दै ५ देखि ७ वर्षभित्र प्रतिव्यक्ति आय ३ हजार अमेरिकी डलर नाघ्ने अनुमान छ । अर्थतन्त्रको आकार १०० अर्ब डलर नजिक पुर्याउँदै नेपाललाई सम्मानजनक मध्यम आय भएको देश बनाउने आधार रहेको समेत अर्थ मन्त्रालयले उल्लेख गरेको छ ।
विगतमा कतिपय आर्थिक नीतिले अपेक्षित नतिजा दिन नसक्नुको मुख्य कारण कमजोर कार्यान्वयन क्षमता, वित्तीय साधनको कमी र सीमित वित्तीय साधनको प्राथमिकता निर्धारण गरी कुशल विनियोजन गर्न नसक्नु रहेको विश्लेषण गरिएको छ ।
यो स्थितिपत्र आउँदा दिनमा यथार्थपरक नीति निर्माण गर्न, वित्तीय स्रोतको कुशल परिचालन गर्न, प्राथमिकता निर्धारण गर्न र कार्यान्वयनको पक्षलाई नतिजामुखी बनाउँदै आर्थिक स्थायित्वसहित उच्च आर्थिक वृद्धि, रोजगारी सिर्जना र आर्थिक समावेशीता कायम गर्न एक मार्गनिर्देशक दस्तावेजका रूपमा सहयोगी हुने अपेक्षा अर्थ मन्त्रालयले गरेको छ ।
सार्वजनिक ऋण बढेर २८ खर्ब ७८ अर्ब रुपैयाँ पुगेको छ जसले गर्दा सावाँ र ब्याज भुक्तानीमै बजेटको ठूलो हिस्सा खर्च गर्नुपर्ने बाध्यात्मक अवस्था छ । अर्थतन्त्रको दिगो रूपान्तरणका लागि जलविद्युत्, सूचना प्रविधि, पर्यटन र उद्यमशीलतालाई मुख्य संवाहक मानेर नीतिगत तथा संरचनात्मक सुधार गरिने श्वेतपत्रमा उल्लेख गरिएको छ । उज्यालो
मन्त्त्रालय
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
लुम्बिनी समाज नेपाल कुवेतद्वरा यहि आउदो शुक्रबार १२ तारीख १३ औं बार्षिक उत्सव तथा खुला भलिबल प्रतियोगिता गर्दै।
रास्वपाकाे आह्वानमा सिंहदरबारमा सर्वदलीय बैठक चल्दै : अरु दलका शीर्ष नेताहरू अनुपस्थित
निरेम प्रोडक्सन कुवेतको आयोजना तथा मेट्रो मेडिकल सेन्टरको सहकार्यमा मिति ५ जुन २०२६ मा स्वास्थ्य शिविर सफलतापूर्वक सम्पन्न भएको छ्।
मध्य काठमाण्डौमा १३२ केभी क्षमताको भूमिगत प्रसारण लाइन निर्माण हुने
टाइमलेस प्यालेट (Timeless Palette) – जहाँ कला जीवित रहन्छ* *टाइमलेस प्यालेटद्वारा कला मार्फत नेपाल र बेलायतलाई जोड्ने पहिलो भर्चुअल प्रदर्शनीको सुरुवात*
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !