Wednesday 22nd April 2026

गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।

2 hours अगाडी

सोमबार नियमित बस्ने मन्त्रिपरिष्दको बैठक मंगलबार आकास्मिक बसेका कारण केही दिनदेखि विवादमा परेका गृहमन्त्री सुधन गुरुङबारे छलफल हुने अपेक्षा गरिएको थियो ।

मन्त्रिपरिष्दको बैठक बस्नुअघि स्वयम् गृहमन्त्री गुरुङको दौडधुपले पनि त्यसलाई बल पुर्‍याएको थियो । 

गुरुङ बैठकअघि पार्टी सभापति रवि लामिछानेलाई भेट्न उनको निवास बूढानीलकण्ठ नै पुगेका थिए । मंगलबार नै सुधनले लामिछानेलाई दुईपल्ट भेटेका थिए ।

तर मन्त्रिपरिषद् बैठकमा गृहमन्त्रीका बारेमा कुराकानी नै भएन ।

सम्पत्ति शुद्धीकरणको कसुर भोगिरहेका व्यवसायी दीपक भट्ट समूहको लगानी भएको लघु बिमा कम्पनीको सेयरधनीमा गृहमन्त्री सुधनसमेत रहेको तथ्य खुलेपछि उनी विवादमा परेका थिए । कतिपयले उनले राजीनामा नै दिनुपर्ने धारणा राखेका थिए ।

यसबारे गुरुङले सार्वजनिक रुपमा आफ्नो फेसबुकमार्फत र प्रधानमन्त्री बोलन शाह बालेनलाई लिखित रुपमै पनि जानकारी गराइसकेका छन् । उनले सार्वजनिक कम्पनीको सयेर खरिद गर्नु अपराध नभएको र ऋण लिएको रकमले सेयर खरिद गरेको उल्लेख गरेका छन् ।

गृहमन्त्री सुधन गुरुङ विवादमा परेको यो पहिलोपटक भने होइन । उनको विवादको शृङ्खला नै छ ।  गएको भदौ २३ र २४ गतेको जेनजी प्रदर्शनदेखि चर्चाको शिखरमा पुगेका उनी त्यतिबेलादेखि नै विवादको केन्द्रमा छन् ।
जेनजी प्रदर्शनको मूख्य भूमिकामा नरहेका सुधनमाथि प्रदर्शन नै ‘हाइज्याक’ गरेको आरोप लाग्दै आएको छ । 

जेनजी आन्दोलनपछि नेपाली सेनासँगको वार्तामा भने उनी अग्रभागमा देखिएदेखि नै विवादित बनेका हुन् । आन्दोलनको समयमा उनी आफैँले ‘हामी नेपाल’ संस्थाबाट आफू प्रदर्शनमा उत्रिएका जेनजीलाई पानीमात्रै बाँड्न गएको भन्दै दिएको अभिव्यक्ति भाइरल समेत भएको थियो ।

जेनजी प्रदर्शनपछि सुधन गुरुङले दिएका केही अभिव्यक्तिले पनि उनलाई विवादमा तानेको थियो । जेनजी प्रदर्शनपछि उनले एक सार्वजनिक कार्यक्रममै ‘संविधान फाल्ने कि नफाल्ने दोधारमा छु’ भनेर दिएको टिम्पणीले पनि उनको आलोचना भएको थियो ।

मन्त्री बनेर आएपछि पनि उनी विवादको केन्द्रमै रहे ।

मन्त्रीहरुले सार्वजनिक गरेको सम्पत्ति विवरणहरुमध्ये उनले सार्वजनिक गरेको सम्पत्ति विवरणमा उनको आम्दानी नै शंकाको घरेमा पर्‍यो । गोरखामा जन्मिएका गुरुङले आफ्नो सम्पत्ति विवरणमा ८० तोला सुनदेखि धनकुटादेखि चितवन र गोरखाको जग्गा जमिन सार्वजनिक गरेका थिए ।

उनीमाथि त्यतिधेरै सम्पत्ति कसरी आर्जन भयो भन्ने प्रश्न उठेको थियो । यद्यपी मन्त्री गुरुङले आफूले जग्गाकै कारोबार र सेयर लानागीबाट सम्पत्ति आर्जन गरेको बताएका छन् । सम्पत्ति विवरणमाथि उठेको प्रश्नबारे सामाजिक सञ्जाल ‘इन्स्टाग्राममा’ लेखेको एउटा पोष्टले उनलाई झन विवादित बनायो । 

उनले लेखेका थिए,‘तिमी जन्मँदै गरिब जन्मिनु तिम्रो गल्ती होइन, तर तिमी मर्दा गरिब मर्नु तिम्रो गल्ती हो ।’ 

यो टिम्पणीपछि जेनजी पुस्ताले नै गरिब हुनुलाई नै अपराध मान्न खोजिएको भन्दै उनलाई आफ्नो भनाइ सच्याउन अपिल गरे । यसरी नै पोखरामा नदी र तालको मापदण्डमा परेका जग्गा लिजमा दिएको विषयलेसमेत उनलाई विवादमा तानियो ।

यसरी प्रदर्शनदेखि नै विवादित बनेका सुधन गोरखा–१ बाट चुनाव जितेर गृहमन्त्री बन्दा पनि विवादको शृङ्खला एकपछि अर्का थपिँदै गएको छ ।

गृहमन्त्री बनेको दोस्रो दिन चैत १४ गते देखिनै पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्न निर्देशन दिएर चर्चामा आएका गुरुङले फेसबुक मार्फत ‘काउन्ट डाउन’ शैलीमा पोस्ट गरेका विवरणले समेत आलोचित बने ।

सम्पत्ति शुद्धीकरणको कसुरमा पक्राउ परेका पूर्वमन्त्री दीपक खड्काको पक्राउ पुर्जीसमेत मन्त्री गुरुङले आफ्नो फेसबुकमार्फत नै सार्वजनिक गरेका थिए । 

गृहमन्त्रीले नै पक्राउ परेका व्यक्तिको पक्राउ पुर्जी सार्वजनिक गर्नु गैरव्यावसायिक मात्रै होइन गैरकानुनी नै मनिने कतिपय प्रहरी अधिकारीको भनाइ छ । 

पछिल्लो समय उनी आवद्ध संस्था हामी नेपाल र उनको व्यक्तिगत खातामा भएको ‘ट्रान्जेक्सन’ प्रमाणित हुन नसक्ने भन्दै आलोचना भएको थियो । उनको खातामा जम्मा भएको रकमको स्रोतका बारेमा खोजी भएको थियो
यसरी सुरुदेखि नै आलोचित भएपछि उनले बुधबार प्रधानमन्त्री बालेन शाहलाई भेटेर राजीनामा दिएका छन् ।

          April 22, 2026 3:29 pm | राजनीति


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...