Sunday 14th June 2026

खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !

1 month अगाडी

खोटाङको बाराहापोखरी गाउँपालिका-१ निवासी ७२ वर्षीय बुवा प्रेमबहादुर मगर विगत ३ महिनादेखि पक्षघातका कारण ओछ्यानमा हुनुहुन्छ। उच्च रक्तचापले दायाँ हातखुट्टा चल्न छोडीसकेका चिकित्सकको भनाइ अनुसार दायाभागको टाउकोको नसासमेत सुकिसकेको र लामो उपचारका क्रममा उहाँको आर्थिक अवस्था कमजोर बनेकोले । थप उपचारका लागि भारत लानुपर्ने भएकाले

आफ्नो आयस्रोत र जायजेथा सकिएपछि पालिकाले पनि  अनुरोध विज्ञप्ति जारी गरी सकेको । सोही अनुसार कुवेतमा रहेको संस्था खोटाङ सम्पर्क मञ्चमा पनि

परिवारको अनुरोध पछि गत २०८३वैशाख २५ गते (०८-०५-२०२६) शुक्रबारका दिन कुवेतको साल्मिया स्थित एसियन चुलो नेपाली रेस्टुरेन्टमा कुवेतमा बसेको खोकुसमको २४औं मासिक बैठकले सर्वसम्मत रुपमा उहाँलाई रु. ९४ हजार ३३४ रुपैया  आर्थिक सहयोग गर्ने निर्णय पारित  गर्यो। अध्यक्ष विष्णुप्रसाद भट्टराईज्यूको नेतृत्वमा भएको बैठकको निर्णय अनुसार उक्त रकम उहाँकी छोरी शान्तिकला मगर (बिष्ट) लाइ हस्तान्तरण गरिसकेका जानकारी दिनुभयको छ ।  तस्बिर र रसिद सम्मान र पारदर्शिताका लागि  राखेका यस सस्थाले जनायका छ्न्।

भौतिक शरीर टाढा परदेशमा भएपनि खोटाङ्गेको मन खोटाङमै छ। बुवा प्रेमबहादुरको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै । यश अघिदेखि विभिन्न किसिमका पिडितलाइ  सहयोग गर्दै आएका छ्न्। र आगामी दिनहरुमा पनि सकेको सहयोग गर्ने  छौं ।

खोटाङ कुवेत सम्पर्क मञ्च कुवेत्।

          May 10, 2026 9:22 pm | समाज


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...