दिल्लीमा पनि आक्रमणमा परेका थिए गोरे
उनले महानगरीय अपराध महाशाखाका अधिकारीलाई घटनाको विवरण सुनाएका थिए।
गोरेको सूचनाका आधारमा महानगरीय अपराध महाशाखाको टोली पूर्व हिँडेको थियो।
३३ किलो सुन र सनम हत्या प्रकरणपछि बनेको छानबिन समितिले गोरेसँगको आर्थिक ‘डिल’ मिलेपछि टोली विराटनगरतर्फ गएको थियो।
टोलीको नेतृत्व गरेका डिएसपी प्रजित केसी र तत्कालीन महाशाखा प्रमुख दिवेश लोहनीबीचको टेलिफोन कुराकानीमा भने सकभर गोरेलाई पक्राउ गर्ने उनी भाग्न खोजे वा आक्रमण गरे भने जवाफी कारबाही गर्ने योजना बनेको देखिन्छ।
टोली काभ्रेको भकुन्डेबेंसी पुगुञ्जेल यो योजना गोरेका कानमा पुगिसक्छ। प्रहरी कुरेर बसेका उनी त्यसपछि भाग्ने योजना बनाउँछन्।
समिति स्रोतका अनुसार जंगलबाट सनमको शव ल्याएर गोरेको टोली धरानको घोपा क्याम्पमा पुगिसकेको हुन्छ। त्यसपछि उनले सबैजनालाई भेला पारी प्रहरी आइरहेको र कसले के के गर्ने योजना सुनाउँछन्।
टोलीका टेकराज मल्ल ठकुरीलाई हत्याको जिम्मा लिन भन्छन्। त्यसवापत् मल्लकी श्रीमतीलाई तत्काल ५० लाख र मासिक ३० हजार घरखर्च दिने प्रस्ताव गर्छन्। मल्ल उनको कुरामा सहमत हुन्छन्।
मल्ल सनम हत्याको जिम्मेवारी लिन राजी भएपछि गोरेले समूहका अन्य सदस्यलाई घर जान भन्छन्।
गोरेले आफ्नो मोबाइल नम्बर पनि मल्ललाई दिन्छन्। प्रहरीले सम्पर्क गर्दा मल्ल नै कुरा गर्छन्।
जोगबनी जान उनी निजी गाडी भने चढ्दैनन्। चालक लाप्का शेर्पालाई गाडी जोगबनी लिएर जाऊ भनेर आफू लोकल बस चढ्छन्।
स्रोतका अनुसार राती ९ बजे गोरे जोगबनी नाकाबाट भारत पस्छन्।
पहिला काम गरेको ठाउँ भएकाले गोरे जोगबनीबाट कलकत्ता जान्छन्। केही दिन उनी त्यही बस्छन्। धेरै दिन त्यहाँ बस्दा अरुले थाहा पाउने ठानेर उनी दिल्ली जान्छन्। त्यतिञ्जेल उनीसँग भएको पैसा पनि सकिन्छ।
कसैले हुन्डीमार्फत् उनलाई पाँच लाख भारु पठाइदिन्छ। उनी एक साता दिल्ली बस्छन्।
नेपालबाट हुने सुन तस्करीको मुख्यबजार भारत हो। सुन तस्करीका समूह दुबै देशमा सक्रिय थिए। मोहनकुमार अग्रवालले मगाएको भनिएको ३३ किलो सुन पनि सायद भारतीय समूहको थियो। सुन तस्करको सो समूहले दिल्लीमा गोरेलाई आक्रमण गर्छ। समिति स्रोतका अनुसार उनीहरुले गोरेलाई यातना पनि दिएका थिए। कि सुन खोज्नु पर्ने होइन भने हराएको सुन बराबरको पैसा दिनुपर्ने उनीहरुको माग थियो।
‘दिल्लीमा पनि गोरेको ज्यान जोखिममा थियो,’ स्रोतले भन्यो, ‘दुबईमा बस्ने गोरेका भाइ रमेशले दाइलाई बचाउन मोहन अग्रवालसँग ५ करोड रुपैयाँ मिलाइ दिन आग्रह गरेका थिए।’
टेलिफोनमा रमेशले मोहन अग्रवाललाई भनेका थिए–मान्छे बाँचे भोलि पनि काम हुन्छ, काम गर्ने हामी नै हो। मेरो दाइको ज्यान जोगाइदेउ।
मोहनले पैसा दिएनन्। गोरे जुक्ति निकालेर दिल्लीबाट पनि भागे। त्यसपछि उनी पश्चिम बंगाल पुगे। कहिले सिक्किम बसे, कहिले मिरिक त कहिले दार्जिलिङ बसे।
यता घरपरिवारले उनलाई यसरी भाग्दा ज्यान जोखिममा पर्ने भएकाले आत्मसमर्पण गर्न सुझाव दिइरहेका थिए।
June 3, 2018 5:25 am | Uncategorized,चलचित्र,टिप्स/जानकारी,प्रवास,राजनीति,रोचक,लोकप्रिय,विचार/ब्लग,संगीत,समाचार,समाज,साहित्य,स्वास्थ्य
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
फिलिपिन्सको सर्वाेच्च अदालतको ऐतिहासिक फैसला, समलिङ्गी जोडीले सम्पत्तिको सह–स्वामित्व लिन सक्ने
प्युठानीको सान रुख चिन्न्हमा मतदान डा. गोविन्दराज
गोरखा समाज कुवेतको प्रथम अधिवेशन बाट अध्यक्ष पदमा मदन पनेरू चयन
खोटाङ कुवेत सम्पर्क मञ्च द्वारा दोस्रो सांगीतिक धमका आयोजना हुने
दुर्गा प्रसाईं चाल्नाखेलबाट पक्राउ
बैतडीमा जन्ती बस दुर्घटना : ज्यान गुमाएकाका परिवारलाई सुदूरपश्चिम सरकारले एक लाख राहत दिने
यात्री समाज कुवेतद्वारा शिक्षामा सहयोग ,शैक्षिक सामग्री वितरण
मतदाताको गोपनीयता भङ्ग नगर्न झापा प्रशासनको आग्रह