चक्का जाम र सदनमा होहल्ला गर्ने काम कांग्रेसले गर्दैन
‘कांग्रेसले सडकमा चक्का जाम र सदनमा होहल्ला गर्ने काम गर्दैन शान्तिपूर्ण र रचनात्मक तरिकाले सरकारका नकारात्मक निर्णयको विरोध गर्छ’, प्रवक्ता शर्माले भने। उनले जनतालाई दुःख दिने काम कांग्रेसले कहिल्यै पनि नगर्ने स्पष्ट पारे।
कांग्रेस लगातार नहार्ने र लगातार नजित्ने पार्टी भएको भन्दै पार्टीमा देखिएको गुटबन्दी र वामपन्थी एकताका कारण कांग्रेसले निर्वाचनमा पराजय भोगेको बताउँदै उनले अब पार्टीलाई नवीनतम बनाउन लागिएको उल्लेख गरे।
‘कांग्रेसले नेतृत्व गरेको सरकारलाई जति चुनौती थिए, अहिले ओली नेतृत्वको सरकारलाई छैन, यो अवस्थामा पनि वर्तमान सरकारले आर्थिक वृद्धिदरलाई आठ अंकमा पुर्याउन सकेन भने त्यो सबैभन्दा ठूलो दुर्भाग्य हुनेछ’, युवा नेता शर्माले भने।
उनले प्रधानमन्त्रीलाई दृढ इच्छाशक्ति, विशाल हृदय र अधिकतम लचकता अपनाएर समृद्धिका पक्षमा अघि बढ्न पनि सुझाव दिए।
उनले वर्तमान सरकारले ल्याएको बजेट यथार्थपरकभन्दा पनि बढी महत्वाकांक्षी भएको बताए।
June 3, 2018 5:33 am | खेलकुद,टिप्स/जानकारी,प्रवास,राजनीति,लोकप्रिय,विचार/ब्लग,संगीत,समाचार,समाज,साहित्य,स्वास्थ्य
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
बङ्गलादेशमा विद्यार्थी नेताको अन्त्येष्टि समारोहमा हजारौंको सङ्ख्यामा समर्थक सहभागी
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :