१८ देखि २० वर्षका युवतीलाई सेना र प्रहरीमा भर्ना गर्नुअघि भर्जिनिटी टेस्ट अनिवार्य
इन्डोनेसियामा उच्च शिक्षा पास गरेका १८ देखि २० वर्षका युवतीलाई सेना र प्रहरीमा भर्ना गर्नुअघि भर्जिनिटी टेस्ट अनिवार्य छ । ह्युमनराइट वाचले गरेको अध्ययनअनुसार यस्तो परीक्षण हवाई फोर्स, सेना र नौसेनामा भर्ना हुने अधिकृतलाई अनिवार्य छ । स्थानीय सरकारले सार्वजनिक सेवामा प्रवेश गर्न चाहने युवतीका लागि पनि परीक्षण अनिवार्य गरेका छन् । केही वर्षअघि जेम्बर, पूर्वी जाभालगायतका प्रान्तमा हाई स्कुलबाट स्नातक गर्नुअघि परीक्षण खारेज भए पनि लागू हुन सकेको छैन ।कसरी हुन्छ परीक्षण ? दुई औँलाको परीक्षण दिएको सो अभ्यासमा चिकित्सकले महिलाको योनिच्छेद र त्यसको आकारको साथै योनीको शिथिलता अध्ययन गर्छन् । परीक्षणपछि युवतीले यौनसम्बन्ध राखे–नराखेको खुलासा हुने दाबी गरिएको छ । वासिङ्टन पोस्टका अनुसार सो परीक्षण सेनामा प्रवेश गर्ने महिलाका लागि पहिलो खुड्किलो हो । ‘सेनामा भर्ती हुन चाहने युवतीले नग्न भएर परीक्षणका लागि चिकित्सकका अगाडि तयार हुनुपर्छ । महिलाहरू कथित भर्जिन छन् भन्ने सुनिश्चित गर्न यस्तो गरिन्छ,’ सो पत्रिकाले टिप्पणी गरेको छ । तर, परीक्षणले महिलाको भर्जिनिटी यकिन नहुने विज्ञहरू बताउँछन् । योनिच्छेदको अवस्थाले कुनै पनि युवती भर्जिन भए–नभएको थाहा नहुने उनीहरू बताउँछन् ।
कुमारीत्व परीक्षणको महत्व सेनाको सूचना विभागका प्रमुख मेजर जनरल फउड बास्याका अनुसार भर्ती हुनुपूर्व परीक्षण अपरिहार्य छ । ‘परीक्षण नगर्ने हो भने खराब चरित्रका व्यक्ति सेनामा प्रवेश गर्न सक्छन् । सेना राष्ट्रका रक्षक हुन् । उनीहरूलाई नैतिक आचरणमा राख्नुपर्छ,’ उनी भन्छन् । युवतीबारे चासो देखाउने सेना पुरुषबारे भने मौन छ ।उम्मेदवारले भर्जिनिटी गुमाएमा ऊ सेनाका लागि अयोग्य हुने उनी दाबी गर्छन् ।‘इन्डोनेसियाली सेनाले चरित्रहीन उम्मेदवारलाई कुनै हालतमा भर्ना गर्न सक्दैन,’ उनी भन्छन् ।महिला सेनामा भर्ती गर्नुअघि कुमारीत्व परीक्षण अनिवार्य भएको इन्डोनेसियाली सेनाका कमान्डर मोइलेडोका बताउँछन् । परीक्षणले युवतीको नैतिक आचरण थाहा हुने उनको भनाइ छ ।सेनाको सूचना विभागका प्रमुख मेजर जनरल फउड बास्याका अनुसार भर्ती हुनुपूर्व कुमारीत्व परीक्षण अपरिहार्य छ, परीक्षण नगर्ने हो भने खराब चरित्रका व्यक्ति सेनामा प्रवेश गर्न सक्छन्म हिला भर्जिन हुनु र सेनाको फौजमा कार्य गर्न क्षमता राख्नुको एक–अर्कासँग प्रत्यक्ष सम्बन्ध नरहे पनि भर्जिनिटीले महिलाको नैतिकता मापन गर्ने उनको भनाइ छ । परीक्षण आगामी दिनमा पनि निरन्तर हुने उनको भनाइ छ ।भन्छन्, ‘भावी दिनमा पनि हामी निरन्तर परीक्षण गर्नेछौँ । किनकि, सबैभन्दा महत्वपूर्ण विषय भनेको तपार्इंको मानसिकता हो । शारीरिक र बौद्धिक आवश्यकता भनेका कम महत्वका विषय हुन् ।परीक्षणको विरोध यातनापीडितका लागि अन्तर्राष्ट्रिय परिषद् (आइआरसिटी)ले पनि परीक्षणले महिलाको मानवअधिकारको हनन गरेको जनाएको छ । ‘परीक्षणले महिलाअधिकारको हनन गर्नुका साथै अन्तर्राष्ट्रिय कानुनअन्तर्गत दुव्र्यवहार हो,’ आइआरसिटीले भनेको छ ।
सेनाका प्रस्तावित बेहुलाले समेत विवाहअघि कन्याको कुमारीत्व परीक्षणको माग गर्ने गरेको आइआरसिटी र एचआरडब्लुले जनाएका छन, तथापी सेनाले भने यसलाई अस्वीकार गरेको छ । परीक्षणको ह्युमनराइट्स वाचले विरोध गरेको छ । वाचका अनुसन्धानकर्ता एन्ड्रिज हारसोनका अनुसार परीक्षणले युवतीमाथि अपमान गरेको छ ।भर्जिनिटी टेस्टबारे विश्वभर बहस उच्च माध्यमिक विद्यालयमा अध्ययनरत किशोरीलाई एक राजनीतिक दलले भर्जिनिटी टेस्ट गर्नुपर्ने बताएपछि पछिल्लो समयमा दक्षिण अफ्रिकामा यो गरम विषय बनेको हो । किशोरीको गर्भवती दर रोक्न उसले यस्तो आग्रह गरे पनि दक्षिण अफ्रिकाभर यसको विरोध भएको छ ।परीक्षणभन्दा पनि आत्म–अनुशासनका लागि चेतना आवश्यक भएको उनीहरू बताउँछन् । भारतमा सन् २००९ मा केरेलामा केही भिक्षुणीमाथि गरिएको परीक्षणलाई लिएर हजारौँ महिला प्रदर्शनमा उत्रिएका थिए ।सरकारले आयोजना गरेको सामूहिक विवाह कार्यक्रममा सहभागी एक सय ५१ युवतीको भर्जिनिटी टेस्ट भएपछि भारतभर विरोध भएको थियो । सन् २०११ मा इजिप्टको एक अदालतले सेनाको कैदमा रहेका महिला कैदीको योनि परीक्षण बन्द गर्न आदेश दिएको थियो ।
June 5, 2018 1:02 pm | समाज
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
बङ्गलादेशमा विद्यार्थी नेताको अन्त्येष्टि समारोहमा हजारौंको सङ्ख्यामा समर्थक सहभागी
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :