धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
काठमाण्डाै – आज बिहान धादिङमा भएको बस दुर्घटनाबारे अध्ययन र छानबिन गर्न गृह मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ ।
गृह मन्त्रालयका सहसचिवको संयोजकत्वमा पाँच सदस्यीय कार्यदल गठन गरेको मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले जानकारी दिनुभयो । कार्यदलले दुर्घटनाको सम्बन्धमा छानबिन गरी प्रतिवेदन पेस गर्नेछ ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव, सुरक्षा निकायका प्रमुख, यातायात विभागका महानिर्देशक, सडक विभागका महानिर्देशक तथा यातायात व्यवसायी र मजदुर सङ्घका प्रतिनिधिहरू सहभागी बैठकले कार्यदल बनाउने निर्णय गरेको हो ।
धादिङको बेनीघाट रोराङ गाउँपालिका वडा नम्बर–५ भैँसीगौँडामा रहेको पृथ्वी राजमार्गमा पोखराबाट काठमाण्डाैका लागि छुटेकाे ग २ ख १४२१ नम्बरको यात्रुवाहक बस आज बिहान साढे १ बजेतिरे दुर्घटनामा परेको थियो । बस अनियन्त्रित भई सडकबाट झन्डै दुई सय मिटर तल त्रिशूली नदी किनारमा खसेको थियो ।
बसमा चालकसहित ४४ जना रहेकामा १९ जनाको ज्यान गएको छ । ज्यान गुमाउनेमा ६ जना महिला र १३ जना पुरुष रहेका छन् । केही मृतकको पहिचान खुल्न बाँकी छ । २५ जना घाइते भएका छन् । घाइतेमध्ये २४ जनाको काठमाण्डौमा र एक जनाको धादिङमा उपचार भइरहेको छ । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
बसको भग्नावशेषमा फसेका एक जना यात्रुलाई दुर्घटना भएको पाँच घण्टापछि जीवितै उद्धार गरेको प्रहरीले जनाएको छ ।
माछापुच्छ्रे टुर्स एन्ड ट्राभल्सको बस हिजो बेलुका ७ बजे पोखराबाट ३४ जना यात्रु लिएर हिँडेको पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनी प्रालिका अध्यक्ष ऐनकुमार साईले जानकारी दिनुभयो । उज्यालो

प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मध्य काठमाण्डौमा १३२ केभी क्षमताको भूमिगत प्रसारण लाइन निर्माण हुने
टाइमलेस प्यालेट (Timeless Palette) – जहाँ कला जीवित रहन्छ* *टाइमलेस प्यालेटद्वारा कला मार्फत नेपाल र बेलायतलाई जोड्ने पहिलो भर्चुअल प्रदर्शनीको सुरुवात*
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता