मध्य काठमाण्डौमा १३२ केभी क्षमताको भूमिगत प्रसारण लाइन निर्माण हुने
काठमाण्डाै – नेपाल विद्युत् प्राधिकरणले काठमाण्डौको मध्यभागमा १३२ केभी क्षमताको भूमिगत प्रसारण लाइन निर्माण गर्ने भएको छ । चक्रपथभित्र सहज रूपमा विद्युत् उपलब्ध गराउने लक्ष्यका साथ यो प्रसारण लाइन निर्माण हुन लागेकाे हो । यसले विद्युत् खपत बढाउने र शहरमा सौन्दर्य अभिवृद्धि पनि गर्ने छ ।
प्रस्तावबमोजिम बालाजु महाराजगञ्ज–राजदरबार–रत्नपार्क हुँदै सिंहदरबारसम्म यो प्रसारण लाइन जोडिनेछ । बालाजु सबस्टशेनदेखि सिंहदरबारसम्म जोडिने यो प्रसारण लाइनको लम्बाइ ११ दशमलव ९२ किलोमिटर रहनेछ । डलब सर्किट यो प्रसारण लाइन आगामी तीन वर्षभित्र निर्माण सम्पन्न हुनेछ ।
यस्तै महाराजगञ्जमा १३२/११ केभी राजदरबारमा १३२/११ केभी क्षमताको सबस्टेशन निर्माण हुनेछ । यस्तै रत्नपार्कमा १३२/११ केभी र सिंहदरबारमा १३२/६६/११ केभी क्षमताको सबस्टेशन पनि निर्माण हुनेछ ।
प्राधिकरणले यसअघि रत्नपार्क महाराजगञ्ज क्षेत्रमा भूमिगत प्रसारण लाइन निर्माण गरिसकेको छ । काठमाण्डौ र ललितपुरका विभिन्न क्षेत्रमा समेत भूमिगत प्रसारण लाइन निर्माणको क्रममा छ । उज्यालो
May 26, 2026 5:30 pm | अर्थ
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
खोटङ कुवेत सम्पर्क मञ्चको ७औं अधिवेशन तथा १६औं वार्षिकोत्सव सेप्टेम्बर २५ मा हुदै ।
राज्यले घटनाको जिम्मेवारी नलिएसम्म गणेशको शव नबुझ्ने परिवारको अडान
राहदानी विभागको प्रवेशद्वार अगाडि युवकले आत्मदाह प्रयास गरे
वैदेशिक रोजगारीको सामाजिक लागत
इरानका पूर्व सर्वोच्च नेता खामेनीको अन्त्येष्टिमा लाखौँ मानिस सहभागी
सरकारको आश्वासनपछि चिया उद्योग खुले
रोल्पाका १० स्थानीय तहमा ५ अर्ब १५ करोडको बजेट, शिक्षा, स्वास्थ्य, कृषि र पूर्वाधारमा जोड
लुम्बिनी समाज नेपाल कुवेतद्वरा यहि आउदो शुक्रबार १२ तारीख १३ औं बार्षिक उत्सव तथा खुला भलिबल प्रतियोगिता गर्दै।