२९ दिनमा सकियो रेखाको ‘मालिका’ छायांकङ
काठमाडौँ । अभिनेत्री रेखा थापाको नयाँ चलचित्र ‘मालिका’ को सम्पूर्ण छायांकन सकिएको छ । छायांकङ सुरु गरेको २९ दिनमा चलचित्रको सम्पूर्ण सुटिङ सकिएको हो । सुटिङ सकेर निर्माण टिम काठमाडौं र्फकेको छ ।रेखा आफ्नै निर्माण, निर्देशन तथा अभिनय रहेको यस फिल्ममा जाजरकोटकी १४ वर्षीय बालिका कमला ओली मुख्य भूमिकामा प्रस्तुत भएकी छिन् । फिल्मको छायांकन जाजरकोटसहित काठमाण्डौं, बनेपा, बाँकेलगायत क्षेत्रमा गरिएको छ ।
नर बहादुर कार्की निर्माता रहेको ‘मालिका’ को कथा पनि कार्कीकै हो । शिवम् अधिकारी फिल्मका स्क्रिप्ट राइटर हुन् । यस्तै, फिल्ममा रामशरण उप्रेतीको छायांकन र सुरेश अधिकारीको संगीत छ । कोरियोग्राफी रामजी लामिछानेले गरेका छन् ।द्वन्द्व निर्देशन श्री श्रेष्ठको छ । यसमा निर्माताको रुपमा सरस्वती थापा र तारा थापा रहेका छन् । ुमालिकाु बालविवाह अन्त्य र महिला शशक्तिकरणको विषयमा आधारित छ । यस फिल्मलाई रेखाले तिहारमा रिलिज गर्ने घोषणा गरेकी छन् ।
June 7, 2018 12:07 pm | चलचित्र
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
१६५ क्षेत्रकै मतपरिणाम सार्वजनिक, कसले कति सिट ल्याए ?
सामाजिक सुरक्षा टावरमा आगलागी भएपछि अधिकांश कुवेती बैंकहरूले मुख्यालय बन्द गरे..
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी