Wednesday 10th September 2025

आफ्नो भाग्य बदल्न चाहनुहुन्छ ?घरमा ल्याउनुहोस् यी ४ प्रकारको फुल

7 years अगाडी

ग्रन्थअनुसार फूलमा शारीरिक र मानसिक रोग कम गर्ने क्षमताका साथै शनि दोष मेटाउने क्षमता हुन्छ। फुलको बारेमा भनिन्छ, तपाइको भाग्य बदलिदिएर तपाइको जीवनमा खुसि भरिदिने क्षमता हुन्छ। आउनुहोस् जानीराखौ यस्तो फुलको बारेमा जुन घरमा ल्याउदा सुख-समृद्धि बढ्छ र दुर्भाग्य हटेर जान्छ।

१, थुङ्गे पहेलो फुल : यस फुललाई अंग्रेजीमा मेरीगोल्ड भनिन्छ। थुङ्गे फुललाई घरको झ्याल, ढोकामा माला बनाएर लगाउने गरिन्छ। पहेलो फुल घरमा भएमा तपाइको मंगल काम पुरा हुन्छ। यसलाई प्रत्येक दिन घरमा ल्याएर सजाउनाले समस्या हटेर जान्छ। घरमा शुभ काम भैरहन्छ।

२, गुलाव: गुलावलाई फुलहरुको राजा मानिन्छ। गुलाव फुलको पातले छालालाई पोषण दिन्छ। छालामा भएको दाग, आँखाको जलन र चिलाउने समस्याबाट छुटकारा पाउन गुलाव जलको उपयोग गरिन्छ। गुलाव फुलले मन पवित्र र शान्त राख्छ। यसले जीवन उत्साह बनाईराख्छ। घरमा दैविक शक्ति आकर्षित हुन थाल्छ।

३, कमल : कमलको फुल घरमा राख्दा शरीर फ्रेस भैरहन्छ र मन प्रसन्न रहन्छ। कमलको फुललाई घरमा ल्याउनाले माता लक्ष्मी प्रसन्न हुन्छ र घरमा कहिले धनको कमि हुदैन।

४, पारिजात: पारिजातको फुलमा तपाईको जीवनबाट तनाव हटाएर खुसी नै खुसी भरिदिने तागत हुन्छ। पारिजात राती मात्र फुल्ने गर्छ बिहान हुने बित्तिकै झर्ने गर्छ। मानिन्छ, पारिजातको फुललाई छोए मात्र पनि मानिसको थकान हटेर जान्छ। यस फुललाई बिशेष गरि माता लक्ष्मीको पुजा गर्नको लागि प्रयोग गरिन्छ।

          June 7, 2018 1:06 pm | टिप्स/जानकारी


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...