इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
इन्डोनेशियाको सुमात्रा टापुका तीन प्रान्तमा आएको बाढी र पहिरोका कारण ज्यान गुमाउनेको सङ्ख्या एक हजार नाघेको छ ।
बाढी र पहिरोमा परि अझै २ सय १८ जना बेपत्ता रहेका इन्डोनेशियाको विपद् व्यवस्थापन एजेन्सी (बीएनपीबी) लाई उद्धृत गर्दै चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।
एजेन्सीका अनुसार विपत्तिले मानवीय तथा पूर्वाधारमा व्यापक क्षति पुर्याएको छ भने उद्धार कार्य अझै चलिरहेको छ । बीएनपीबीको तथ्याङ्क अनुसार झन्डै १ हजार २०० सार्वजनिक सुविधाका साथै २१९ स्वास्थ्य सुविधा, ५८१ शैक्षिक सुविधा, ४३४ मन्दिर, २९० कार्यालय भवन र १४५ पुल क्षतिग्रस्त भएका छन् ।
यसैबीच इन्डोनेशियाका राष्ट्रपति प्रबोवो सुबिआन्तोले विपद् प्रभावित क्षेत्रहरूको भ्रमणका क्रममा सरकारले समुदायको विभिन्न आधारभूत आवश्यकता पूरा गर्न काम गरिरहेको बताउनुभएको छ ।
उहाँले सबै नागरिकलाई स्थिर रहन र सामान्यीकरणको प्रक्रियामा आफ्नो उत्साह कायम राख्न आह्वान गर्दै बालबालिकाका लागि पढाइ र सिकाइ लगायत सामुदायिक गतिविधिहरू चाँडै सामान्य अवस्थामा फर्कन सक्ने आशा व्यक्त गर्नुभएको छ । उज्यालो
December 13, 2025 7:48 pm | विश्व
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन