Tuesday 10th March 2026

दिपिकाको ठाँउमा करिना तर केमा ?

8 years अगाडी

एजेन्सी । बलिउड बादशाह शाहरुख खानको अब बन्ने भनिएको चलचित्र ‘सेल्यूट’ मा अपोजीट रोलमा करिना कपुर हुने पक्का भएको छ। उक्त चलचित्र यस अघि आमिर तथा प्रियंका चोपडालाई अफर गरिएको थियो।

चलचित्रका लागि समय नभएको कारणले आमिर खानले फिल्मबाट हात झिकेपछि चलचित्र युनिटले शाहरुख खान लाई लिड रोलका लागि लिइएको थियो। त्यसपछि अभिनेत्री प्रियंका चोपडाले पनि उक्त फिल्म छोडीन।

त्यसपछि चलचित्र युनिट नायिकाको लागि खोजिमा ब्यस्त भए,फिल्मको लागि पहिलो रोजाइ उनीहरुको दिपिका पादुकोण थिइन, तर उनले पनि चलचित्रमा काम नगर्ने भनिए पछि दोस्रो रोजाईमा करिना कपूरलाई प्रस्ताब राखिएको थियो।

करिना कपुर चलचित्रको राजी भएपछी, अब चलचित्र ‘सेल्यूट’ मा करिना तथा शाहरुखको जोडी फाइनल भएको हो । करिनाले बिबाह पछि ‘वीरे दी वेडीङ’ पश्चात सफल कम्ब्याक गरिसकेकी छन्। ‘वीरे दी वेडीङ’ले अहिले बक्स अफिसमा राम्रो ब्यापार गरिरहेको छ।धेरै पछि स्क्रिनमा सँगै देखा पर्न लागेको करिना र शाहरुखको केमेस्ट्रीलाई दर्शकले कत्तिको रुचाउलान त्यो त हेर्न बाँकी नै छ।

          June 8, 2018 2:18 pm | चलचित्र


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...