Tuesday 23rd December 2025

एउटा गीत भाइरल हुनासाथ अशोक दर्जीको अर्को गीत, घर बनाउन सहयोगको ओइरो

8 years अगाडी

भाइरल व्वाई अशोक दर्जीले गाएको पहिलो गीत ‘मन बिनाको धन’ यूट्यूवमा आएलगत्तै चर्चित बनेको छ । आक्रामकरुपमा भ्यूज बटुलिरहेको गीतमा लाइक र कमेन्टको बाढी नै आएको छ । यो संगै अब उनको डिमाण्ड पनि बढ्न थालेको छ ।

अशोकको अब नेपालमा लगाएत बिदेशमा रहेका नेपालीहरुले पनि उनलाई कार्यक्रमको लागि बोलाउन प्रयास गरेका छन् । केहि दिन अघि समाचारमा अशोक मलेसिया जाने कुराले सामाजिक संजाल व्यापकरुपमा तातेको थियो लगतै फेरी युएई पनि कार्यक्रमकै लागि जाने भएका छन् ।

अब यतिमा मात्र सिमित रहेन उनलाई नेपालमै पनि उनको आवाजमा गित रेकर्ड गराउन फेरी सुरु गरिएको छ ।पहिलो गीतबाटै चर्चित बनेका दर्जीलाई घर बनाउन समेत यतिबेला आर्थिक सहयोग जुटीरहेको छ शुक्रबार काठमाडौँ मा आयोजित एक कार्यक्रममा केहि मिदियाहारुले दर्जीलाई आर्थिक सहयोग समेत गरेका छन् । केहि दिनमै युएईमा जाने तयारी गरीरहेका दर्जी शुक्रबारको प्रेस मिटमा यस्तो देखिए ।

          June 9, 2018 11:07 am | चलचित्र


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...