Wednesday 10th September 2025

वास्तवमा प्रेम अन्धो नै हुन्छ ! यी युवकको हरकतले त्यसै भन्छ

7 years अगाडी

एजेन्सी। भनिन्छ, प्रेम अन्धो हुन्छ। प्रेम गर्नेले कुनै पनि कुराको प्रवाह गर्दैनन्। आज हामी तपाइँलाइ जे बताउन गाइरहेका छौं, त्यो पढेपछि तपाइँलाई लाग्ने छ, वास्तवमा प्रेम अन्धो नै हुन्छ !यो प्रसंग अमेरिकाको वाशिंटनको दक्षिण वेल्सको न्युपोर्टको हो। यहाँ ३४ वर्षका ल्युकले आफ्नी प्रेमिकालाई सुन्दरी बनाउन र प्रेमिकाको आवश्यकता पूरा गर्न आफ्ना ९२ वर्षका हजुरबुवाको सम्पूर्ण सम्पत्ति खर्च गरेका छन्।

पीडित हजुरबुवाले प्रहरीमा उजुरी दिँदै आफ्नो नातिले गर्लफ्रेण्डको ब्रेस्ट सर्जरीकालागि भन्दै एटीएम कार्ड लगेको बताएका छन्। उनले आफ्नो उजुरीमा नातिले धेरै पैसा चोरेर जहाजको टिकट, अनलाइन शपिङ र भवन निर्माणमा खर्च गरेको उल्लेख गरेका छन्। पीडित हजुरबुवाले अदालतमा पेश गरेको याचिकामा भनिएको थियो, ‘ मेरो बैंक खाताबाट पैसा चोरी भएको छ। जसकारण मैले विजुलीको बिल बाहेक अन्य आवश्यक काम गर्न सकेको छैन।’

बृद्ध हजुरबुवाको गत वर्ष निधन भइसकेको छ। उनका वकिल एम्मा ह्यारीका अनुसार आफ्नो पेन्सन र बचत पैसा चोरी भएपछि उनी ठूलो चिन्तामा थिए। यही दुखका कारण उनको एकवर्ष अगाडि निधन भएको थियो।

          June 9, 2018 11:32 am | टिप्स/जानकारी


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...