

ठकुरी सहयोग संजाल युएईद्वारा क्यान्सर पिडित एन्जिला शाहलाई १ लाख ८० हजार आर्थिक सहयोग

युएई – बर्दियाकि क्यान्सर पिडित एन्जिला शाहलाई ठकुरी सहयोग संजाल युएईले आर्थिक सहयोग गरेको छ। संजालका बरिस्ठ उपाध्यक्ष दिपक शाही ठकुरीको अग्रसरतामा संकलित रक़म १,८०,०००(एक लाख असि हजार) सहयोग गरिएको हो ।
ठकुरी सहयोग संजालका केन्द्रिय अध्यक्ष रेशम जुङ्ग शाहमार्फत शुक्रबार एन्जिलाका बुवा ओम विक्रम शाहलाई उक्त सहयोग रक़म हस्तान्तरण गरीने समाजका महासचिव जीवन सिंहले जानकारी दिए।
स्थाई घर बर्दिया भएकी पाठेघरको क्यान्सरबाट पिडित १५ बर्षिया बालिका एन्जिला शाह हाल काठमाण्डौको नया बानेश्वरस्थित शिभिल हस्पिटलमा उपचार गराईरहेकी छिन । एन्जिला शाह सहयोग अभियानमा सहयोग गर्नुहुने सबैलाइ विशेष धन्यबाद दिदै संजालका अध्यक्ष भिम बहादुर मल्ल ठकुरी र ठकुरी सहयोग संजालका केन्द्रीय सल्लाहकार एवम् संजाल युएईका संरक्षक नरेश सेन ठकुरीले प्रवासबाटै भएपनि सहयोग अभियानलाइ निरन्तरता दिदै जाने बताएका छन ।
केही दिन पहिले दर्शन ठकुरी समाज कुवेतले पनि पीडित एन्जिला शाहलाई १ लाख भन्दा बढी आर्थिक सहयोग गरीसकेको छ।
June 12, 2018 2:27 pm | प्रवास,समाज
प्रतिकृयाहरू :
समाचारहरु:

भर्खरै प्रकाशित

१० महिनामै भित्रियो साढे १३ खर्ब रेमिटेन्स

एशियन कम छनोट : समूह एफको दोश्रो खेलमा नेपालले आज लाओससँग खेल्दै

अमेरिकाले डिपोर्ट गरेका ४८ नेपाली बंगलादेश हुँदै काठमाडौं आउँदै

दाङमा लुम्बिनी प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

गाजाको अवस्था नर्कभन्दा पनि खराब : रेडक्रस

अन्तर्राष्ट्रिय झापाली समाजको पाँचौ अधिवेशन झापाको बिर्तामोडमा हुने भएको छ ।

कुवेतबाट निरेम प्रोडक्सनद्वारा धरानका सामाजिक संस्थाहरू र मृगौला पीडितलाई सहयोग

सात वर्षअघि नै खारेज भएको सिन्डिकेट ब्युँत्याउने प्रयास : सडकमा आज पनि सार्वजनिक गाडी कम चल्दा यात्रुलाई सास्ती

