कुवेतमा कार्यरत नेपालीले गर्ने सामुहिक लगानीको सम्पूर्ण तयारी पुरा , अन्तिम प्रिजेन्टेसन २२ जुनमा गरिदै
कुवेत-कुवेतलाई कर्मथलो बनाइ बिभिन्न क्षेत्रमा कार्यरत नेपालीहरु मिलेर (सामुहिक लगानी मार्फत ) नेपालमा गर्न लागिएको लगानीको लागि कम्पनीको नाम , रजिस्ट्रेसन ,यसले दिने सेवा र सुबिधा तथा लगानी संकलनको लागि बैंकको खाता खोल्ने जस्ता प्रारम्भिक चरणका सम्पूर्ण कार्यहरु पुरा भएका छन ।
कम्पनीको नाम अन्नपूर्ण क्लाउड टेक्नोलोजी प्राइभेट लिमिटेड हुनेछ भने यसले वेब होस्टिंग, सफ्टवेयर सेल लगायत डाटा सेन्टर जस्ता सेवाहरु प्रदान गर्नेछ । टेक्नोलोजीको विकासले बिश्वमा अभूतपूर्व सफलता हासिल गरिरहेको पृष्ठभूमिमा हाम्रोजस्तो भर्खर मात्र बिकासको पहिलो चरणमा बाएं सर्दै गरेको देशमा आइटी टेक्नोलोजीका विभिन्नखाले सेवा सुविधाहरुको आबस्यकता अपरिहार्य हुने हुँदा पहिलोचरणको लगानी टेक्नोलॉजी फ्युजन सहित आगामी दिनमा कृषि लगायत अन्य क्षेत्रमा समेत लगानी गर्ने योजना रहेको यस अभियानका प्रमुख अभियान्ता सुरज मास्केले बताए।
नेपालीहरुले मध्यपूर्वमा आर्जन गरेको सीप र बचतको सदुपयोग गर्ने प्रमुख उद्धेश्य यस अभियाको छ। मध्यपूर्व मा रोजगारीको अन्त्य गरी स्वदेश फर्कने युवाहरुलाई विशेष रुपमा सहभागी गर्ने र बिस्तारै आत्म निर्भर बनाई भाबी पिढीलाई परिवारको पालनपोषणको लागि अर्काको देशमा श्रम गर्न जानुपर्ने बाध्यताको अन्त्य गर्नु यो अभियानको लक्ष्य रहेको छ ।
पहिलो चरणको लगानी सम्बन्धि सम्पूर्ण तयारी पुरा भइसकेकोले कुवेतमा कार्यरत नेपालीहरु जो समृद्द नेपाल बनाउने अभियानमा जोडिन चाहन्छन उनीहरु नछुटुन भन्ने उदेश्यले आगामी जुनको २२ तारिक दिउसोको १२ बजे देखि जिलिबको पपिनस हलमा प्रिजेन्टेसन गरिने भएको हुँदा सम्पूर्ण नेपाली दाजुभाई दिदीबहिनी हरुलाई उपस्थित भई यस कार्यको बारेमा जानकारी लिनको लागि सामुहिक लगानी समिति अनुरोध गर्दछ ।साभार तितोपाटी
June 13, 2018 12:37 am | प्रवास,समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
निरेम प्रोडक्सन कुवेतको मानवतावादी पहल: दार्चुलाको दुर्गा स्थान माविलाई १ लाख सहयोग
इरानलाई कहिल्यै पनि आणविक हतियार राख्न दिइने छैन : अमेरिकी विदेशमन्त्री
बङ्गलादेशमा बीएनपीलाई दुईतिहाइ बहुमत, विद्यार्थी आन्दोलनबाट स्थापित एनसीपीले जम्मा ५ सिट जित्यो
क्यान्सर पीडित प्रेम कुमारी लिम्बुलाई झापाली समाज कुवैतको आर्थिक
फिलिपिन्सको सर्वाेच्च अदालतको ऐतिहासिक फैसला, समलिङ्गी जोडीले सम्पत्तिको सह–स्वामित्व लिन सक्ने
प्युठानीको सान रुख चिन्न्हमा मतदान डा. गोविन्दराज
गोरखा समाज कुवेतको प्रथम अधिवेशन बाट अध्यक्ष पदमा मदन पनेरू चयन
खोटाङ कुवेत सम्पर्क मञ्च द्वारा दोस्रो सांगीतिक धमका आयोजना हुने