सम्बन्ध कालो हरिण मामिलासँग,सलमान खानलाई मार्ने योजनाको खुलासा
एजेन्सी, जेठ । बलिउड अभिनेता सलमान खान कालो हिरण शिकारको मुद्दामा जोधपुर अदालतमा सुनुवाईका लागि पुगेका थिए, तब उनलाई बिश्नोई नामको गैंगस्टरले खुलेआम मार्ने धम्की दिएको थियो ।
त्यस समय कालो हरिणको मुद्दा सतहमा आएको कारण धम्कीतर्फ धेरै ध्यान जान पाएन । तर जब ६ मे २०१८ मा गैगस्टारका गुर्गे संपतलाई प्रहरीले पक्राउ गरे तब संपतमार्फत गैगस्टारको सबै योजना खुलासा भयो । यो खबर बाहिर आएयता सलमानको सुरक्षा बढाइएको छ ।शार्प शूटर संपत नेहरालाई हरियाणा प्रहरीको स्पेशल टास्क फोर्सले हैदराबादबाट गिरफ्तार गरेको थियो । गिरफ्तार पछि संपतले सलमानको हत्या षडयन्त्रबारे खुलासा गरे । उनकाअनुसार गैंगस्टर लरेन्स बिश्नोइ कालो हरिण मामिलाका कारण सलमानसँग रुष्ट छन्
संपतकाअनुसार लरेन्सको आदेशमा नै उनी सलमानलाई मार्न मुम्बई पुगेका थिए । संपतको मोबाइलमा प्रहरीहरुले सलमानको घर गैलेक्सी अर्पाटमेन्टको केही तस्वीरहरु पनि पाएका छन् ।सलमान खानलाई मारेर विदेश भाग्ने उनको योजना थियो । लरेन्स बिश्नोई गैंग राजस्थानमा निकै सक्रिय छ । लरेन्स बिश्नोई आफैं भने यस समय जेलमा छन् । उनले सलमान खानलाई जेलमा नै मार्ने धम्की दिएका थिए ।
June 13, 2018 10:33 am | चलचित्र
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
१६५ क्षेत्रकै मतपरिणाम सार्वजनिक, कसले कति सिट ल्याए ?
सामाजिक सुरक्षा टावरमा आगलागी भएपछि अधिकांश कुवेती बैंकहरूले मुख्यालय बन्द गरे..
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी