Sunday 5th April 2026

किमले ट्रम्पलाई भने, ‘नाइस टू मीट यू मिस्टर प्रेजिडेन्ट’

8 years अगाडी

बीबीसी। शताब्दीको सबैभन्दा ठूलो भेटवार्ताको समाप्त भएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनबीच सिंगापुरमा ऐतिहासिक भेटवार्ता भएको हो। होटलको लाइब्रेरीमा दुवै नेताबीच वार्ता भएको थियो। होटलको लाइब्रेरीमा भेटवार्ताका लागि जानु पूर्व दुवै नेताले सानो पत्रकार सम्मेलनको आयोजना गरेका थिए।

वार्ता करिव ५०मिनेटसम्म चलेको थियो। अहिले किम र ट्रम्प आफूसँग आएका वरिष्ठ अधिकारी र सहयोगीसँग वार्ता गरिरहेका छन्। सो क्रममा अमेरिकी राष्ट्रपति ट्रम्पले भने, ‘मैले निकै राम्रो अनभव गरिरहेको छु। हामीबीच शानदार वार्ता हुनेवाला छ। मलाइ के विश्वास छ भने हामीबीच हुने वार्ता पूर्णरुपमा सफल हुन्छ। यो मेरालागि निकै सम्मानको विषय हो। मलाइ कुनै शंका छैन की हामीबीच निकै राम्रो सम्बन्ध स्थापना हुन्छ।’किम जोङ उनसँग भेट गर्नुपूर्व अमेरिकी राष्ट्रपतिले ट्विट गर्दै लेखेका थिए, ‘स्टाफका सदस्य र प्रतिनिधिबीच सबै कुरा राम्रो भयो। तर, यसले धेरै अर्थ राख्दैन।’

आशंका आफ्नो ठाउँमा छ, आशा पनि कम छैन। विश्वका धेरै मानिस १८ महिला पहिला एक अर्का विरुद्ध धम्कीको भाषा बोल्ने दुई देशका नेता मिलेर शान्ति स्थापना गर्न अघि बढुन् भन्ने चाहन्छन्। त्यही कारण सोमबार किम जोङ उन सिंगापुर घुम्दै गर्दा सिंगापुरमा किम जोङ उनप्रति ठूलो उत्साह देखाएका थिए। किमले पनि सिंगापुर बासीलाई निरास बनाएनन् बरु मुस्कुराए अनि हात हल्लाएर अभिवादन पनि गरे।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प यो भेटवार्तालाई शान्ति कायम गर्ने ‘एउटा अर्को मौका’ मानिरहेका छन्। विश्व समुदायबाट अगल भएको उत्तर कोरियाकालागि पनि विश्वसमुदायसँग जोडिने सुनौलो अवसर हो। यो वार्तामा परमाणु कार्यक्रमका विषयमा छलफल हुने तय भएको छ। संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेशले दुवै देशका नेताबीचको भेटवार्तालाई सार्थक पलह बताउँदै दुवै नेता गतवर्ष देखिएको तनाव कम अगाडि बढिरहेको बताएका छन्। उनले दुवै नेताको उद्देश्य शान्ति स्थापना गर्नेमा केन्द्रित हुनुपर्नेमा जोड दिएका छन्। अमेरिकी विदेशमन्त्री माइक पोम्पियोले दुवै नेताबीचको भेटवार्ता सम्भावनाले उक्त रहेको बताएका छन्। उनले भनेका छन्, ‘राष्ट्रपति ट्रम्प यो भेटवार्ताकालागि पूरै तयार हुनुहुन्छ। हामी चाहन्छौं यो भेटवार्ताको सार्थक परिणाम आयोस।’

          June 13, 2018 10:44 am | समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...