Wednesday 24th December 2025

रियल मड्रिडका प्रशिक्षकले गरे मेस्सीको तारिफ

8 years अगाडी

काठमाडौँ, ३० जेठ । हालै रियल मड्रिडले नियुक्त गरेका प्रशिक्षक जुलेन लोपेतेगुईले बार्सिलोना तथा अर्जेन्टिनाका स्टार खेलाडी लियोनल मेस्सीको तारिफ गरेका छन् । उनले लियोनल मेस्सी इतिहासकै सबैभन्दा उत्कृष्ट खेलाडी भएको बताएका छन् ।उनले भनेका छन्,’ लियोनल मेस्सी विश्वकै उत्कृष्ट खेलाडी हुन् । उनीजस्तो खेलाडी पाउन कठिन रहेको छ ।’

मिडियासँग कुराकानी गर्ने क्रममा उनले भनेका छन्, ‘मेस्सीले फुटबल जगतलाई अर्को उचाइमा पुर्याएका छन् ।’स्पेनका प्रशिक्षक हाल विश्वकपको तयारीमा जुटिरहेका छन् । स्पेन ग्रुप बी मा रहेको छ । स्पेनले ग्रुप बी मा पोर्चुगल, इरान र मोरक्कोसँग आमनेसामने गर्नेछ । विश्वकप दाबेदार देशको रुपमा स्पेनलाई लिइएको छ ।

          June 13, 2018 10:53 am | खेलकुद


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...