जन्मघर पुगेर फर्किएपछि उपेन्द्र देवकोटाको अवस्था के छ ?
शनिबार गोरखास्थित जन्मघर पुगेर फर्किएपछि वरिष्ठ न्यूरो सर्जन डा. उपेन्द्र देवकोटा बोल्न नसक्ने भएका छन् । क्यान्सर पीडित डा. देबकोटाको बाँसबारीको न्यूरो अस्पतालमा उपचार भइरहेको छ । शनिबार राति सामाजिक सञ्जाल प्रयोगकर्ताले मृत्युको खबर फैलाएपछि अस्पतालले अनावश्यक विषयका पछि नलाग्न र अस्पतालको आधिकारीक जानकारी लिन आग्रह गर्दै विज्ञप्ति प्रकाशित गरेको थियो ।
सोही दिन डा. देवकोटालाई उनको इच्छाअनुसार गोरखा पुर्याइउको थियो । बेलायतमा लामो उपचार गरेर फर्किएपछि देवकोटा आफैले स्थापना गरेको अस्पतालमा उपचाररत छन् । वैशाख १९ गतेमात्र पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँगको भेटमा उनले आफू मृत्युशैयामा छटपटाइरहेको बताएका थिए ।
अहिले भने घाटी सुन्निएका कारण उनी बोल्न नसक्ने अवस्थामा छन् । उनको नजिक पुग्दा मानिस चिन्न सके पनि उनले बोलेर भने प्रतिक्रिया दिन नसक्ने अस्पताल स्रोतको दाबी छ ।
June 13, 2018 12:00 pm | समाज
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
बङ्गलादेशमा विद्यार्थी नेताको अन्त्येष्टि समारोहमा हजारौंको सङ्ख्यामा समर्थक सहभागी
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :