‘छक्का पन्जा ३’मा स्वस्तिमा थपिईन्, सुटिङ सकेर काठमाण्डौँ फर्कि सकिन् बर्षा
अभिनेत्री स्वस्तिमा खड्का ‘छक्का पन्जा ३’मा पनि देखिने भएकी छन् । ‘छक्का पञ्जा’को दोस्रो सिक्वेल फिल्म ‘छक्का पन्जा २’मा लीड रोलमा काम गरेकी अभिनेत्री खड्का ‘छक्का पन्जा ३’मा पनि देखिने भएकी हुन् । पोखरामा धमाधम छायांकन भैरहेको ‘छक्का पञ्जा ३’ को सुटिङ सेटबाट हाँस्यकलाकार जितु नेपालले स्वस्तिमा पनि भएको प्रमाण दिएका हुन् । छायांकन अन्तिम चरणमा पुगेको चलचित्रलाई यसअघिका सिरिजकै निर्देशक दिपाश्री निरौलाले निर्देशन गरिरहेकी छिन् ।
असारको पहिलो साता पोखराको छायांकन सकेर काठमाडौं र्फकने तयारीमा रहेको चलचित्रको एउटा गीत र केहि दृश्यहरुमा स्वस्तिमालाई देख्न सकिने निर्देशक निरौलाले बताईन् । दशैँको फूलपातीको दिनबाट दर्शकमाझ प्रदर्शनमा आउने चलचित्रमा दिपकराज गिरी, केदार घिमिरे, जितु नेपाल, बुद्धि तामाङ, दीपिका प्रसाई, प्रियंका कार्की लगायतका कलाकारको मुख्य भूमिका छ ।यसअघि नायिका स्वस्तिमा खड्का र बर्षा राउत चलचित्रमा नदोहोरिने भनिएता पनि बर्षाले पनि केहिदिन अघि चलचित्रको छायांकन सकेर काठमाण्डौ आईसकेकी छिन् ।
June 13, 2018 3:41 pm | चलचित्र
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
१६५ क्षेत्रकै मतपरिणाम सार्वजनिक, कसले कति सिट ल्याए ?
सामाजिक सुरक्षा टावरमा आगलागी भएपछि अधिकांश कुवेती बैंकहरूले मुख्यालय बन्द गरे..
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी