‘छक्का पन्जा ३’मा स्वस्तिमा थपिईन्, सुटिङ सकेर काठमाण्डौँ फर्कि सकिन् बर्षा
अभिनेत्री स्वस्तिमा खड्का ‘छक्का पन्जा ३’मा पनि देखिने भएकी छन् । ‘छक्का पञ्जा’को दोस्रो सिक्वेल फिल्म ‘छक्का पन्जा २’मा लीड रोलमा काम गरेकी अभिनेत्री खड्का ‘छक्का पन्जा ३’मा पनि देखिने भएकी हुन् । पोखरामा धमाधम छायांकन भैरहेको ‘छक्का पञ्जा ३’ को सुटिङ सेटबाट हाँस्यकलाकार जितु नेपालले स्वस्तिमा पनि भएको प्रमाण दिएका हुन् । छायांकन अन्तिम चरणमा पुगेको चलचित्रलाई यसअघिका सिरिजकै निर्देशक दिपाश्री निरौलाले निर्देशन गरिरहेकी छिन् ।
असारको पहिलो साता पोखराको छायांकन सकेर काठमाडौं र्फकने तयारीमा रहेको चलचित्रको एउटा गीत र केहि दृश्यहरुमा स्वस्तिमालाई देख्न सकिने निर्देशक निरौलाले बताईन् । दशैँको फूलपातीको दिनबाट दर्शकमाझ प्रदर्शनमा आउने चलचित्रमा दिपकराज गिरी, केदार घिमिरे, जितु नेपाल, बुद्धि तामाङ, दीपिका प्रसाई, प्रियंका कार्की लगायतका कलाकारको मुख्य भूमिका छ ।यसअघि नायिका स्वस्तिमा खड्का र बर्षा राउत चलचित्रमा नदोहोरिने भनिएता पनि बर्षाले पनि केहिदिन अघि चलचित्रको छायांकन सकेर काठमाण्डौ आईसकेकी छिन् ।
June 13, 2018 3:41 pm | चलचित्र
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
बङ्गलादेशमा विद्यार्थी नेताको अन्त्येष्टि समारोहमा हजारौंको सङ्ख्यामा समर्थक सहभागी
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :