ओलीको रोजाइमा को?अख्तियारमा राई र पौडेलबीच प्रतिस्पर्धा
काठमाडौं। संसद नियमावली पास भएर प्रधानन्यायाधीशमा दीपकराज जोशी सिफारिस भएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पनि नियुक्ति प्रक्रिया शुरु भएको छ।संवैधानिक परिषद्ले मंगलबार प्रधानन्यायाधीशमा जोशीलाई सिफारिस गरेको थियो। उता, अख्तियारको प्रमुख आयुक्त पद चार महिनादेखि रिक्त रहँदै आएको छ।
आयोगमा नवीन घिमिरे कामु प्रमुख आयुक्त छन्। आयोगको प्रमुख आयुक्त पदमा घिमिरे नै प्रमुख दाबेदार रहेको चर्चा भएपनि अहिले तीन जनाको नाम बाहिर आएको छ।अख्तियारको प्रमुख आयुक्तका लागि पूर्व मुख्य सचिव एवम् चीनका लागि नेपालका राजदूत लिलामणी पौडेल, गृह सचिव प्रेमकुमार राई र पूर्व गृहसचिव सूर्यप्रसाद सिलवालको नाम चर्चामा रहेको छ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली भने गृह सचिव राईलाई नै प्रमुख आयुक्त बनाउने सोचमा रहेका छन्।त्यस्तै, नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भने पौडेललाई प्रमुख आयुक्त बनाउन चाहन्छन्। राजेन्द्र महतो आपूर्ति मन्त्री छँदा आपूर्ति सचिव रहेका सिलवाल पनि अथाहा पैसा कमाएर अख्तियार जान खुट्टा उचालेर बसेका छन्।
यता, पूर्व महान्यायधिवक्ता युवराज संग्रौलाले पनि आयोगमा नियुक्तिका लागि दाबी गरेका छन् भने पूर्व मुख्यसचिव राजकिशोर क्षत्रीले पनि प्रमुख आयुक्त बन्न चलखेल गरिरहेका छन् । तर, यी दुईको संभावना अत्यन्तै न्यून छ।त्यसो त कामु प्रमुख आयुक्त रहेका घिमिरेलाई प्रमुख आयुक्त बनाउनु पर्ने माग पनि नेकपा भित्रबाट उठेको छ। घिमिरे नै प्रमुख आयुक्त बनेको खण्डमा आयुक्तको एक पद खाली हुने देखिन्छ।
यदि त्यसो भएको खण्डमा पूर्व एआईजी केशरीराज घिमिरे, पूर्व सचिव शान्तराज सुवेदी र अख्तियार कै पूर्व सचिव श्रीधर सापकोटा आयुक्त बन्न लबिङमा जुटेका छन्। पूर्व एआईजी घिमिरे प्रचण्डका विश्वासपात्र हुन्।प्रमुख आयुक्त पदको दौडमा रहेका गृहसचिव राई टंकमणी शर्माको शैलीमा नियुक्ति खान खोजिरहेका छन्। प्रधामन्त्री कार्यालयमा सचिव रहेका बेला शर्मालाई एकैपटक बढुवा गरी महालेखा परिक्षकमा नियुक्ति गरिएको थियो। सोही शैलीमा राई अख्तियारमा जान खोजेका छन्।
तर, राईका लागि प्रमुख आयुक्त पद नसुहाउने टिप्पणी हुन थालेको छ। राईकै कारण आजसम्म पनि नेपाल आयल निगमको कार्यकारी निर्देशक पदबाट भर्खरै राजीनामा दिएका गोपाल खड्काको भ्रष्टाचार छानविन हुन सकिरहेको छैन्।
राई आपूर्ति सचिव हुँदा आयल निगमले भैरहवा, चितवन, सर्लाही, झापालगायतका जिल्लामा डेढ अर्व भन्दा बढिको जग्गा खरिद गरेको थियो।उक्त जग्गा खरिदको घोटलामा मुछिएका थिए, कार्यकारी निर्देशक खड्का । जग्गा खरिदका लागि निर्णय गर्ने सञ्चालक समितिको अध्यक्ष थिए, उनै राई। कार्यान्वयन गर्ने खड्का भ्रष्टाचारमा तानिए तर निर्णय गर्ने राईमाथि भने कुनै छानविन भएन।
अख्तियारको सचिवमा राई छँदा खड्कामाथि लागेको भ्रष्टाचारको मुद्दा अगाडि बढाउन समेत दिएका थिएनन्। त्यसको कारण हो आफूपनि तानिने डर।अख्तियारले अहिले पनि राइकै कारण खड्काको मुद्दालाई तामेलिमा राखेको छ । यसरी भ्रष्टाचारीलाई बचाउने राई आफै अख्तियारको प्रमुख बनेको खण्डमा कति भ्रष्टाचारीहरुले उन्मुक्ति पाउलान? अख्तियार भित्रकै कर्मचारीहरु प्रश्न गर्छन्।
June 14, 2018 11:26 am | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
खुल्यो फेवातालको फाइल, झिसमिसेमै चल्यो डोजर
कुवेतमा नेपाल पत्रकार महासंघको ७१औं स्थापना दिवस सम्पन्न; ‘एआई र पत्रकारिता’ विषयमा विशेष अभिमुखीकरण
अर्थ मन्त्रालयद्वारा बजेट मार्गदर्शन तयार
राजनीतिक विषयमा प्रवेश गर्दैनौँ तर अशान्ति फैल्याउने गतिविधि रोक्छौँ : काठमाण्डाैका सीडीओ
एमाले अध्यक्ष ओली त्रिवि शिक्षण अस्पताल भर्ना
जजीरा एयरवेजले काठमाडौँ रुट सुरु गर्यो, कुवेत र दक्षिण एसिया बीचको सम्पर्क सञ्जाललाई थप सुदृढ बनायो ।
सांसदहरूको शपथका लागि बहुउद्देश्यीय हल तयार
चैत १५ भित्र सबै मन्त्रालयले योजना तथा कार्यक्रम पठाइसक्नुपर्ने