Tuesday 23rd December 2025

विश्वकपमा जित्नेले ४०८ करोड पुरस्कार पाउछ भने खेल जित्न नसक्ने टिमले पनि करोडौ डलर पाउछ !

8 years अगाडी

विश्व कप फुटबलकाे चर्चा अहिले उत्कर्षमा छ। विश्व विजेता बन्ने टिमले ३८ मिलियन डलर अर्थात करिव ४०८ करोड रुपैयाँ बराबरको पुरस्कार प्राप्त गर्ने छ। फाइनलमा पराजित हुने टिमले पनि २८ मिलियन डलर करिव ३०० करोड रुपैयाँ प्राप्त गर्ने छ।

त्यस्तै तेस्रो र चौथो नम्बरमा रहने टिमले पनि क्रमश २४ मिलियन २५७ करोड र २२ मिलियन डलर करिव २३६ करोड रुपैयाँ प्राप्त गर्ने छ। त्यस्तै ५ अाैंदेखि ८ औं स्थानमा रहने टिमले १६ देखि १८ मिलियन डलर १७१ करोड रुपैयाँ प्राप्त गर्ने छन्।

त्यस्तै ९ देखि १६औं स्थानका टिमले अर्थात नकआउट चरणमा स्थान तय गर्ने टिमले समेत समान १२ मिलियन डलर अर्थात करिव १२९ करोड रुपैयाँ प्राप्त गर्ने छन्। विश्व कपको खास महत्व यसका लागि पनि मानिन्छ कि फुटबलको यो महाकुम्भमा एक खेल पनि जित्न नसक्ने टिमले पनि आफ्नो झोलामा करौडौं रुपैयाँ लिएर फर्किन्छन्। फिफाको नियमअनुसार १७ देखि ३२ औं स्थानमा रहने हरेक टिमले समान अाठ मिलियन करिव ८६ करोड रुपैयाँ प्राप्त गर्ने छन्।

          June 14, 2018 12:22 pm | खेलकुद


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...