विश्वकपमा जित्नेले ४०८ करोड पुरस्कार पाउछ भने खेल जित्न नसक्ने टिमले पनि करोडौ डलर पाउछ !
विश्व कप फुटबलकाे चर्चा अहिले उत्कर्षमा छ। विश्व विजेता बन्ने टिमले ३८ मिलियन डलर अर्थात करिव ४०८ करोड रुपैयाँ बराबरको पुरस्कार प्राप्त गर्ने छ। फाइनलमा पराजित हुने टिमले पनि २८ मिलियन डलर करिव ३०० करोड रुपैयाँ प्राप्त गर्ने छ।
त्यस्तै तेस्रो र चौथो नम्बरमा रहने टिमले पनि क्रमश २४ मिलियन २५७ करोड र २२ मिलियन डलर करिव २३६ करोड रुपैयाँ प्राप्त गर्ने छ। त्यस्तै ५ अाैंदेखि ८ औं स्थानमा रहने टिमले १६ देखि १८ मिलियन डलर १७१ करोड रुपैयाँ प्राप्त गर्ने छन्।
त्यस्तै ९ देखि १६औं स्थानका टिमले अर्थात नकआउट चरणमा स्थान तय गर्ने टिमले समेत समान १२ मिलियन डलर अर्थात करिव १२९ करोड रुपैयाँ प्राप्त गर्ने छन्। विश्व कपको खास महत्व यसका लागि पनि मानिन्छ कि फुटबलको यो महाकुम्भमा एक खेल पनि जित्न नसक्ने टिमले पनि आफ्नो झोलामा करौडौं रुपैयाँ लिएर फर्किन्छन्। फिफाको नियमअनुसार १७ देखि ३२ औं स्थानमा रहने हरेक टिमले समान अाठ मिलियन करिव ८६ करोड रुपैयाँ प्राप्त गर्ने छन्।
June 14, 2018 12:22 pm | खेलकुद
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
प्रतिब्यारेल २ सय डलरमा तेल किन्न विश्व तयार हुनु : इरान
१६५ क्षेत्रकै मतपरिणाम सार्वजनिक, कसले कति सिट ल्याए ?
सामाजिक सुरक्षा टावरमा आगलागी भएपछि अधिकांश कुवेती बैंकहरूले मुख्यालय बन्द गरे..
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता