आफ्नो निजी ट्वाइलेट सँगै लिएर सिंगापुर पुगेका थिए किम जोङ
एजेन्सी। उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनको सिंगापुर भ्रमणलाई लिएर एक नयाँ जानकारी प्राप्त भएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेटवार्ताका क्रममा आफ्नो सुरक्षा व्यवस्थालाई लिएर किम जोङ उन कति गम्भीर रहेछन् भने किमले आफ्नो सिंगापुर यात्राका क्रममा ट्वाइलेट पनि सँगै लिएर गएको अन्तर्राष्ट्रिय संचारमाध्यमले उल्लेख गरेका छन्।
यसअघि किम जोङ उन सिंगापुर प्रस्थान गर्नुअघि खाली विमान पठाएर आफ्नो सुरक्षा व्यवस्थाको जानकारी लिएका थिए। सुरक्षा व्यवस्था चुस्त दुरुस्त रहेको थाहा पाएपछि किम विमानमार्फत सिंगापुर पुगेका थिए। दुवै राष्ट्राध्यक्षबीच भएको भेटवार्तालाई किमले ऐतिहासिक भनेका छन् भने ट्रम्पले वार्तालाई सफल भएका छन्।
दक्षिण कोरियाको एक समाचार पत्रमा आश्चर्यजनक समाचार प्रशाशित भएको छ। सो समाचारका अनुसार किम जोङ उन आफ्नो सुरक्षाप्रति यति सचेत देखिएका छन् उनले आफ्नो बुलेटप्रुफ कारमा निजी ट्वाइलेट पनि सिंगापुर लगेका थिए। उनको यो ट्वाइलेट प्योङयाङले खासगरी सिंगापुर भ्रमणकालागि बनाएको थियो। सुरक्षको कारण भन्दै किम जोङ आफ्नो ट्वाइलेट पनि सँगै लिएर हिँड्ने गर्छन्।
उत्तर कोरियन गार्ड कामण्ड युनिटबाट भागेका एक अफिसर ली युन क्योलले दक्षिण कोरियामा शरण लिएपछि संचारमाध्यमसँग कुरा गर्दैै यसको खुलासा गरेका थिए। किम जोङ उनलाई आफ्नो मल मुत्रको स्याम्पल लिएर कसैले आफ्नो स्वास्थ्यसँग सम्बन्धित कुनै जानकारी प्राप्त नगरुन भन्नेमा किम सचेत रहेको ली युनले दाबी गरेका थिए।
June 14, 2018 12:34 pm | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कुवेतमा नेपाल पत्रकार महासंघको ७१औं स्थापना दिवस सम्पन्न; ‘एआई र पत्रकारिता’ विषयमा विशेष अभिमुखीकरण
अर्थ मन्त्रालयद्वारा बजेट मार्गदर्शन तयार
राजनीतिक विषयमा प्रवेश गर्दैनौँ तर अशान्ति फैल्याउने गतिविधि रोक्छौँ : काठमाण्डाैका सीडीओ
एमाले अध्यक्ष ओली त्रिवि शिक्षण अस्पताल भर्ना
जजीरा एयरवेजले काठमाडौँ रुट सुरु गर्यो, कुवेत र दक्षिण एसिया बीचको सम्पर्क सञ्जाललाई थप सुदृढ बनायो ।
सांसदहरूको शपथका लागि बहुउद्देश्यीय हल तयार
चैत १५ भित्र सबै मन्त्रालयले योजना तथा कार्यक्रम पठाइसक्नुपर्ने
कुवेतमा दूतावासको मातहत ‘र्यापिड रेस्पोन्स टास्कफोर्स’ गठन: