Sunday 5th April 2026

छाउगोठमा सर्पले टोकेर युवतीको मृत्यु भएपछि मन्त्री बीना मगरले लेखिन् प्रधानमन्त्रीलाई पत्र

8 years अगाडी

अछाममा छाउगोठमा बसेको बेला सर्पले टोकेर मृत्यु भएको घटनामा खानेपानी मन्त्री बीना मगरले प्रधानमन्त्री कार्यालयको ध्यानाकर्षण गराएकी छन् । अछामको तुर्माखाँद गाउँपालिका–४ जयागाउँ निवासी १८ वर्षीया किशोरी पार्वती बुढाको छाउगोठमा मृत्यु भएको घटनामा आवश्यक कानुनी कार्वाहीका लागि मन्त्री मगरले प्रधानमन्त्री कार्यालयमार्फत सम्बन्धित मन्त्रालयको ध्यानाकर्षण गराएकी हुन् ।

खानेपानी मन्त्रालयबाट प्रधानमन्त्री कार्यालयलाई औपचारिक पत्र लेख्दै मन्त्री मगरले महिलाको रजस्वला सुत्केरीको अवस्थामा छाउपडीमा राख्न वा त्यस्तै अन्य किसिमका भेदभाव, छुवाछूत वा अमानवीय व्यवहार गर्ने गराउन कार्य कानुनले कसुरको रुपमा लिएकोले उक्त घटनामा संवेदनशील भई तत्काल कार्वाहीका लागि अनुरोध गरेकी छन् ।

मन्त्री मगरले लेखेको पत्रमा उल्लेख छ– ‘संवैधानिक र कानूनी व्यवस्था विपरित अमानवीय ढंगबाट धार्मिक, सामाजिक, सांस्कृति परम्परा, प्रचलन वा अन्य कुनै पनि आधारमा महिलाको रजस्वाला सुत्केरीको अवस्थामा छाउपडीमा राख्न प्रयोग हुने छाउगोठहरु तत्काल भत्काउन स्थानीय प्रशासनलाई निर्देशन दिन र मृत्यु भएको घटना सम्बन्धमा आवश्यक छानबीन गरी कानुनी प्रक्रिया बढाउन आवश्यक निर्देशनका लागि अनुरोध गर्दछु ।’

खानेपानी मन्त्रालयले यसअघि महिनावारी र स्वच्छताका विषयमा राष्ट्रिय दिवस मनाउँदै यो विषयलाई गम्भीरतापूर्वक लिन सब ैपक्षलाई अनुरोध समेत गरेको थियो । अछामको घटना सार्वजनिक भएपछि सो सम्बन्धमा कानुनी कार्वाही अघि बढाउने, देशैभरिका छाउगोठ तत्काल भत्काउने र स्थानीय सरकारमार्फत यस विषयमा गम्भीरतापूर्वक काम गर्न मन्त्रालयले अन्र्तमन्त्रालय समन्वयको अभियान समेत अघि सारेको छ ।

          June 14, 2018 1:48 pm | समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...