Tuesday 10th March 2026

स्टेज शोको लागि टङ्क बुढाथोकीसँग मलेशिया उडे अशोक दर्जी, उड्नु अघि यस्तो स्टाटस लेखे टकंले

8 years अगाडी

बालगायक अशोक दर्जी मलेशिया प्रस्थान गरेका छन्।नेपाल बाहिर आयोजना हुन लागेको आफ्नो पहिलो स्टेज कार्यक्रमको लागि गायक तथा सङ्गीतकार टङ्क बुढाथोकीसँगै अशोक हिमालय एयरलाइन्सको फ्लाइटमा आज बिहान मलेशिया प्रस्थान गरेका हुन्।रातारात युट्युबमा गीत गाएर भाइरल बनेका अशोक पछिल्लो समय मन बिनाको धन ठुलो की धन बिनाको मन गाएर अत्यन्तै चर्चित बनेपछि यहि कारण देश बिदेशबाट उनको माग आएपछि पहिलो पटक मलेसिया उडेका हुन् ।

मलेशिया प्रस्थान गर्नु अघि आफ्नो फेसबुकमा एक सन्देश पोस्ट गर्दै टङ्क बुढाथोकीले माया र सहयोगको लागि सबैलाई धन्यवाद दिएका छन्। उनले आफ्नो फेसबुकमा लेखेका छन् ( सबैमा नमस्कार । हजुरहरुको माया साथले गर्दा आज हामी यहाँसम्म आइपुगेका छौ ।हाम्रो पहिलो देश बाहिरको कार्यक्रम मलेसियामा रहेको जानकारी दिन चाहन्छु । यो माया र सहयोगको लागि हृदयबाट नै धन्यवाद दिन चाहन्छु । मलेसियामा टकंका अलवा गायक प्रकाश सपुत पनि सँगै गएका छन् ।

          June 14, 2018 4:30 pm | चलचित्र


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...