Saturday 4th April 2026

सरकारी बजेट पारिदिन घुस माग्दा

8 years अगाडी

काठमाडौं, १ असार ।  विद्यालयको भौतिक सुधार कार्यक्रमअन्तर्गत बजेट पारिदिने प्रलोभन देखाई घुस रकम लिएको आरोपमा जिल्ला प्रशसन कार्यालय सुनसरीको शिक्षा विकास तथा समन्वय एकाई इनरुवाका एकाई प्रमुखविरुद्ध भ्रष्टाचारको मुद्दा दर्ता भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एकाई प्रमुख खगेन्द्रप्रसाद सुवेदीविरुद्ध मंगलबार विशेष अदालतमा मुद्दा दर्ता भएको हो । प्रमुख सुवेदीले श्री आधारभूत विद्यालय भन्टाबारीका लागि बजेट पारिदिने भन्दै सेवाग्राहीबाट ५० हजार रुपैयाँ घुस लिएको आयोगको ठहर छ । सो अभियोगमा आयोगले सुवेदिमाथि ५० हजार रुपैयाँ बिगो कायम गरी जरिवाना र कैद सजाय मागदाबीसहित मुद्दा दर्ता गरेको हो ।आयोगको क्षेत्रीय कार्यालय इटहरीबाट खटिएको टोलीले एकाई प्रमुख सुवेदीलाई घुस लिइसकेको अवस्थामा नियन्त्राण्मा लिएको थियो ।

          June 15, 2018 10:40 am | समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...