विश्वकप विशेषः स्पेन भर्सेस पोर्चुगल, कुन टिम कति तगडा ?
एजेन्सी, १ असार । विश्वकपमो पुर्वसन्ध्यामा प्रशिक्षक बर्खास्त गरेको स्पेनले यस विश्वकपमा कस्तो खेल प्रदर्शन गर्ने सबैको चासोको विषय बनेको छ । सन् २०१४ को विश्वकपमा स्पेनको यात्रा सुखद रहेन । स्पेन समूह चरणबाटै बाहिरिएको थियो । तर, पछिल्लो समयमा स्पेन निकै लयमा देखिएको फुटबल विश्लेषकहरु बताउँछन् । यसपटकको विश्वकपमा भने स्पेन विश्वकप दाबेदारका रुपमा लिइएको छ ।
आगामी विश्वकपको लागि स्पेनले २३ सदस्यिय खेलाडी घोषणा गरेको छ । खेलाडी सूचीमध्ये १७ जना ला लिगा खेल्ने खेलाडी रहेका छन् । आन्द्रेज इनियष्टा, सर्जियो बुस्क्वेट्स, जेरार्ड पिके र जोर्डी अल्बाजस्ता खेलाडीहरु उच्च फर्ममा रहेका छन् ।स्पेनले विश्वकप सुरु हुन एक दिन अगाडि नियुक्त गरेका फर्नानडो हिइरोले स्पेनलाई कहाँ पुर्याउने हुन् सबैको चासोको विषय बनेको छ ।
खेलाडी सूची
गोलकिपरः
डी गेया, रैना र केपा
डिफेन्डरः
कार्भाहाल, ओडिरियोजोला, पिके, रामोस, नाचो, एज्पेइलोकोयटा, जोर्डी अल्बा र मोन्रियल
मिडफिल्डरः
बुस्क्वेट्स, साउल, कोके, थियागो, इनियष्टा र सिल्भा
फरवार्डः
इस्को, एसेन्सियो, भास्क्वेज, आइगो आसपास, रोड्रिगो र डिएगो कोस्टा
पोर्चुगल : पोर्चुगल पनि २०१८ को विश्वकप फुटबलको उपाधि दाबेदार राष्ट्रकै रुपमा गनिन्छ । सन् १९६६ बाट विश्वकप खेल्न थालेको पोर्चुगलले अहिलेसम्म ६ पटक विश्वकप खेलिसकेको छ ।पहिलो पटक सहभागिता जनाएको विश्वकपमै पोर्चुगलले उत्कृष्ट प्रदर्शन गर्दै तेस्रो स्थानसम्म ओगटेको थियो ।सन् २०१६ को युरो कपको फाइनलमा फ्रान्सलाई पराजित गर्दै पोर्चुगलले उपाधि चुमेको थियो । कप्तान क्रिस्टियानो रोनाल्डो, नानी, पेपे, रिकार्डो क्वारिस्मा जस्ता स्टार खेलाडीहरूको बाहुल्यता रहेको पोर्चुगल पनि बलियो टिममै गनिएका छन् ।
आन्द्रे सिल्भा : सन् २०१५ मा न्युजिल्याण्डमा भएको यू–२० विश्जकप प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै टोलीलाई महत्वपूर्ण सफलता दिलाएका आन्द्रे सिल्भा पनि यस पटकको विश्वकपमा धेरैको आँखामा परेका खेलाडी हुन् । यू–२० विश्वकपमा भएको पाँच खेलमा उनले चार गोल गरेका थिए । साथै दुई गोलमा सहयोगीको भूमिका निर्वाह गरेका थिए । जसको प्रदर्शनको सहयोगमा पोर्चुगल विश्वकपमा अन्तिम आठमा पुगेको थियो । एसी मिलानबाट आफ्नो व्यावसायिक फुटबल खेलिरहेका यी २२ वर्षीय खेलाडीले यसपटकको विश्वकपमा क्रिस्टियानो रोनाल्डोको सहयोगीको भूमिका निर्वाह गर्नेछन् । उनले पोर्चुगलबाट खेलेको २० खेलमा ११ गोल गरिसकेका छन् ।
प्रशिक्षक फर्नाल्डो सान्तोष : पूर्व खेलाडी फर्नान्डो सान्तोषले विश्वकपमापोर्चुगलको टोलीको प्रशिक्षकको भूमिका निर्वाह गर्नेछन् । यसअघि ग्रिसको राष्ट्रिय टोलीलाई प्रशिक्षण दिएका उनी सन् २०१४ मा पोर्चुगलको टिम सम्हाल्न आएका हुन् । उनले सम्हालेको टोलिले सन् २०१६ को यूरोकप विजेता पनि बनायो । सम्झौता अनुसार उनले सन् २०२० सम्म पोर्चुगलको टिम सम्हाल्नेछन् ।
खेलाडी सूची : गोलकिपर
रुई पेट्रिरिको (स्पोर्टिङ)
बेटो(गोजटेपे)
एन्थोनी लोपेज (लियोन)
डिफेन्डर : सेडरिक सोयरिस (साउथह्याप्टन)
रिकार्डो पेरेरिया (पोर्तो)
मारियो रुई (नापोली)
पेपे (बेसिक्टास)
जोसे फोन्टे (डालियान याफाङ्ग)
ब्रुनो आल्भेज (रेन्जर्स)
राफेल गरेरियो (डर्टमण्ड)
रुवेन डायस (बेन्फिका)
मिडफिल्डर : विलियामकार्भाल्लो (स्पोर्टिङ)
एड्रियन सिल्भा) (लेस्टर सिटी)
जाओ मारियो (वेष्ट हाम)
जाओ माउटिन्हो (मोनाको)
म्यानुअल फर्नान्डेज (लोकोमोटिभ मस्को)
ब्रुनो फर्नान्डेज (स्पोर्टिङ)
फरवार्ड : क्रिस्टियानो रोनाल्डो (रियल मड्रिड)
आन्द्रेस सिल्भा (एसी मिलान)
जेल्सन मार्टिन्स(स्पोर्टिङ)
रिकार्डो(बेसिक्टास)
बर्नाडो सिल्भा (म्यान्चेस्टर सिटी)
गोन्कालो गुडेस (भ्यालेन्सिया)
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
बङ्गलादेशमा विद्यार्थी नेताको अन्त्येष्टि समारोहमा हजारौंको सङ्ख्यामा समर्थक सहभागी
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :