यस्तो छ सलमानको ‘रेस ३’को ओपनिङ अनुमान
मुम्बई, जेठ । बलिउड सुपरस्टार सलमान खान ईदमा हरेक वर्ष उपहारस्वरुप फिल्म लिएर आउँछन् । सलमानले यसवर्ष पनि त्यसको निरन्तरता दिएका छन् । शुक्रबारदेखि उनको फिल्म ‘रेस ३’ पर्दामा आउँदैछ । सलमानले यसलाई चुनौतिको रुपमा समेत हेरेको बलिउड पण्डितहरुले बताएका छन् ।कोरियोग्राफरबाट निर्देशक बनेका रेमो डिसूजाको फिल्म ‘रेस ३’ यस ईदको सबैभन्दा बढी र एकमात्र आकर्षक हुनेछ किनकी बलिउडमा अन्य फिल्म रिलिज हुनेछैन ।
यस फिल्मलाई केही परिवर्तन गरी यू/ए सर्टिफिकेट दिएर पास गरेको हो । करिब १ सय ४० करोडमा बनेको फिल्म भारतभर चार हजार स्क्रीनमा रिलिज हुँदैछ । फिल्म भारत बाहेक अन्य देशहरुमा पनि लाग्दैछ ।फिल्म पण्डितका अनुसार ‘रेस ३’ले पहिलो दिन ३२ देखि ३५ करोडसम्म कमाउनेछ । यद्यपी फिल्मको गीत अहिलेसम्म पनि जान्न पाइएको छैन । यस फिल्मलाई सलमान खान र रमेश तौरानीले प्रोड्युस गरिरहेका छन् । जानकारीका अनुसार फिल्मलाई १ सय ३० करोड भारुमा स्याटलाइट राइट्स सम्झौता भइसकेको छ ।
ईदमा रिलिज भएका सलमानको फिल्मले पहिलो दिनको व्यापार :
एक था टाइगर – ३२ करोड ९३ लाख
किक – २६ करोड ४० लाख
बजरंगी भाईजान – २७ करोड २५ लाख
सुल्तान – ३६ करोड ५४ लाख
ट्यूबलाईट – २१ करोड १५ लाख
यसपटकको ईदमा सलमानको फिल्मले कतिको ओपनिङ गर्छ त्यो शुक्रबार नै थाहा हुनेछ ।
June 15, 2018 10:49 am | चलचित्र
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
१६५ क्षेत्रकै मतपरिणाम सार्वजनिक, कसले कति सिट ल्याए ?
सामाजिक सुरक्षा टावरमा आगलागी भएपछि अधिकांश कुवेती बैंकहरूले मुख्यालय बन्द गरे..
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी