फोटोकै कारण शिक्षिकाको जागिर चट, यस्ता छन् उनको जागिर खाइदिने फोटो
रोचक । आधुनिकता तथा व्यक्तिगत स्वतन्त्रता मानवीय अधिकार हो र यसको हनन कसैले पनि गर्न पाउँदैन भनेर नै होला आजभोलि युवतीहरु आफ्नो नग्न तस्वीर समेत सामाजिक संजालमा शेयर गर्न पछि पर्दैनन् । तर यो सिजनको विश्वकप फुटबल आयोजक राष्ट्र रसियामा एक जना महिला शिक्षकको स्विमसुट लाएको तस्विर इन्स्टाग्राममा पोस्ट भएपछि जागिर गएको छ ।

२६ वर्षीय भिक्टोरिया पोपोभालाई उनको शिक्षक पदबाट ओमसस्थित स्कुल नम्बर ७ ले स्विमसुट लगाएको तस्विर सार्वजनिक गरेको भन्दै पदबाट बर्खास्त गरेको हो । यो सामाचार साइबेरियन टाइम्सले प्रकाशन गरेको हो । स्विमसुट लगाएको फोटो सार्बजनिक भएको कारण देखाएर भिक्टोरियालाई शिक्षक पदबाट बर्खात गरिएसँगै ३ हजार बढी महिला तथा युवतीहरुले आफूले स्विमसुट लाएको फोटो सार्वजनिक गर्दै घट्नाको विरोध गरेका छन् ।
उनीहरुले भिक्टोरियालाई पदबाट बर्खास्त गरेकोप्रति विरोध जनाउँदै ह्यासट्यागमा शिक्षकहरु पनि मानिस हुन भन्दै विरोध जनाएका छन् । सामाजिक संजालमा भिक्टोरियाको पक्षमा बहस गर्नेहरु मध्ये सबैले स्कुलको निर्णयलाई मुर्खताको संज्ञा दिएका छन् । एउटी युवतीले केसम्म भनेकी छन् भने– हामीहरु शिक्षक हुनुका साथै मानिस पनि हौं । तसर्थ स्कुल बाहिर र सामाजिक संजालमा हामीले फरक देखिन पाउनु हाम्रो अधिकारको कुरा हो ।


प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कुवेतमा राष्ट्रिय विभूति फाल्गुनन्द लिङ्देनको १४१औँ जन्म जयन्ती मनाईयो
कुवेतमा राजु लामाको साथमा ‘Nirem Musical Fest २०२६’ ९ जनवरीमा मनाउदै
विदेशमा रहेका नेपालीलाई मताधिकार दिन ४ वटा कानून संशोधन गर्नुपर्ने
निकाेलस भुसाल गाेरखाबाट पक्राउ
तीन महिनामा २ लाख जनाभन्दा धेरैले श्रम स्वीकृति लिए
बेलायतमा रेलभित्र छुरा प्रहार, ९ जना गम्भीर घाइते
शहरी विकास मन्त्री घिसिङबाट बञ्चरेडाँडा ल्याण्डफिल्ड साइटको अनुगमन
कुवेतमा १४ नोभेम्बरमा फुटबलको कुम्भ मेला लाग्दै, टिम दर्ता र टाईसिट ०७ नोभेम्बरमा