बालक अपहरण गर्न खोज्दा स्थानीय भेटे, पक्राउ गरेर प्रहरीलाई बुझाए
8 years अगाडी
Susma Dhakal
कपिलवस्तु । कपिलवस्तुमा २ वर्षीय बालक अपहरण गर्न खोजेको आरोपमा स्थानीयले एक जनालाई पक्राउ गरेर प्रहरीलाई बुझाएका छन्। कपिलवस्तुको बुद्धभूमि नगरपालिका वडा नं १० गगनी गाउँमा मध्य रातमा २ वर्षीय बालक अपरहण गर्न खोजेको भन्दै स्थानीयले एक जनालाई पक्राउ गरेर प्रहरीमा बुझाएका हुन्।
पक्राउ पर्नेमा रामग्राम नगरपालिका वडा नम्बर १ नवलपरासीका सुवास हरिजन रहेका छन्। स्थानीय राम औतार पासीका २ वर्षीय छोरालाई गाउँबाट जबरजस्ती बोकेर जैजाँदै गर्दा स्थानीयले देखेपछि उनलाई नियन्त्रणमा लिएका हुन्। नियन्त्रणमा लिएर स्थानीयले बाँधेर राखी प्रहरीलाई खबर गरेका थिए।स्थानीयको खबर पछि उक्त स्थान पुगेको प्रहरीले हरिजनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय कपिलबस्तुले जनाएको छ।
June 15, 2018 11:07 am | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कुवेतमा नेपाल पत्रकार महासंघको ७१औं स्थापना दिवस सम्पन्न; ‘एआई र पत्रकारिता’ विषयमा विशेष अभिमुखीकरण
अर्थ मन्त्रालयद्वारा बजेट मार्गदर्शन तयार
राजनीतिक विषयमा प्रवेश गर्दैनौँ तर अशान्ति फैल्याउने गतिविधि रोक्छौँ : काठमाण्डाैका सीडीओ
एमाले अध्यक्ष ओली त्रिवि शिक्षण अस्पताल भर्ना
जजीरा एयरवेजले काठमाडौँ रुट सुरु गर्यो, कुवेत र दक्षिण एसिया बीचको सम्पर्क सञ्जाललाई थप सुदृढ बनायो ।
सांसदहरूको शपथका लागि बहुउद्देश्यीय हल तयार
चैत १५ भित्र सबै मन्त्रालयले योजना तथा कार्यक्रम पठाइसक्नुपर्ने
कुवेतमा दूतावासको मातहत ‘र्यापिड रेस्पोन्स टास्कफोर्स’ गठन:
Loading...