Saturday 4th April 2026

गोरेले आत्मसमर्पण गर्नुको घातक रहस्य बाहिरियो !

8 years अगाडी

सर्वाधिक खोजीको सूचीमा रहेका ३३ किलो सुन काण्डका मुख्य आरोपी चुडामणि उप्रेति उर्फ गोरेले प्रहरी समक्ष आत्मसमर्पण गर्नाको मुख्य रहस्य फेला पारेको छ । गृहमन्त्रालयले सुन काण्डको बारेमा अध्ययन अनुसन्धान गर्नका लागि मन्त्रालयका सहसचिव इश्वरीप्रसाद पौडेलको संयोजकत्वमा एउटा समिति बनाएर छानविन सुरु गर्यो ।त्यसपछि छानविनका क्रममा प्रहरीका अवकास प्राप्त डिआइजी गोविन्द निरौला, बहालवाला एसएसपी दिवस लोहनी, डिएसपी प्रजित केसीसहितका प्रहरी अधिकारी र अन्य गरी ६३ जना पक्राउ परे । त्यसपछि उनीहरुको बयानका आधारमा सुन तस्करीका मुख्य नाइके गोरे भएको खुल्यो ।

तर, गोरेलाई पत्ता लगाउन प्रहरीले सकेन । त्यसपछि प्रहरीले गोरेका विषयमा इन्टरपोलमा डिफ्युजन नोटिस जारी गर्यो । नेपालमा पक्राउ पर्ने डरले भारतमा बसेका गोरेलाई डिफ्युजन नोटिस जारी गरेपछि त्यहाँ बस्न पनि गाह्रो भयो । नेपाल आएर काठमाडौंस्थित आफन्तको घरमा केहि दिन बसे । तर, आफ्नो जीवनको असुरक्षा महसुश उनले गरिरहे । प्रहरीले इन्काउन्टरका रुपमा मार्ने डर गोरेलाई थियो । त्यसपछि उनले आफ्नो ज्यान बच्ने निश्चित भएपछि आत्मसमर्पण गर्ने निधो गरे । र श्रीमतिलाई राजनीतिक रुपमा बाटो तय गर्नका लागि सुझाए ।

श्रीमानको आग्रहपछि गोरेकी श्रीमति राजनीतिक पावर लगाउनका लागि लागिन । घर मोरङ भएका गोरेकी श्रीमतिको माओवादीका तर्फबाट राष्ट्रियसभा सांसद विनु पोखरेलसंग सामान्य नाता पथ्र्यो । श्रीमति तिनै विनुलाई भेट्न उनको घरमा पुगिन । उनको घरमा गएर श्रीमतिले आफ्नो श्रीमानको ज्यान बचाइदिन अनुनय विनय गरिन । विनुका श्रीमान सावित्री कुमार काफ्ले तत्कालिन माओवादीका प्रदेश नं १ का इञ्चार्ज थिए । त्यतिमात्र होइन, उनी पहिला माओवादी छोडेर अहिलेका गृहमन्त्री रामबहादुर थापा बादल संग संगै बैद्य माओवादीमा गएका थिए । र, पछि उनीसंगै फर्किएका थिए ।

स्रोतका अनुसार थापाका विश्वासपात्र काफ्लेलाई श्रीमति विनुले गोरेको ज्यान बचाइदिन गृहमन्त्रीलाई भनिदिन आग्रह गरीन । त्यसपछि श्रीमतिको भनाई अनुरुप काफ्ले मन्त्री बादललाई भेट्न पुगे र गोरेका बारेमा बेली विस्तार लगाए । ज्यानको सुरक्षा हुने भएपछि गोरे आत्मसमर्पण गर्न राजी भएको र त्यसको जिम्मा आफुले लिने काफ्लेले बताए । यति भएपछि मन्त्री बादललाई के चाहियो । उनलाई सुन काण्डमा आफु सफल हुनु थियो । गोरेलाई पक्रनु नै आधा सफलता हात लागेको हुने बादलले निष्कर्ष निकाले । त्यसपछि काफ्लेका अगाडि नै प्रहरी महानिरिक्षकलाई टेलिफोन गरी गोरे आत्मसमर्पण गर्न तयार रहेकोले त्यसका लागि तयारीमा जुट्न निर्देशन दिए ।

त्यो संगै उनले गोरेको जिवन कुनै पनि हालतमा तल माथि हुन नहुने, भए आफुले कसैलाई पनि नछोड्ने कडा निर्देशन दिए । त्यसको अर्को दिन विहान प्रहरीले गोरेलाई पक्राउ गरेको जानकारी दियो । उनलाई प्रहरीले पक्राउ गरेको नभई गोरे आफ्नो जिवनको सुरक्षा हुने ज्ञारेन्टी भएपछि आत्मसमर्पण गरेका हुन् । गोरेलाई प्रहरीले जिल्ला अदालत मोरङमा उपस्थित गराइसकेको छ । उनको बयान सकिएको छ । बयान सकिएपछि गोरेलाई थप अनुसन्धानका लागि काठमाडौंको सेन्ट्रल कारागारमा राखिएको छ । अभियान टाइम्सका साथमा ।

          June 15, 2018 11:19 am | समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...