Saturday 4th April 2026

राजविराजमा ज्वाइँको हत्या गर्ने ससुरासहित तीनजना पक्राउ

8 years अगाडी

राजविराज, १ असार । सप्तरीको राजविराजमा कुटपीट गरेर एक युवकको हत्या गरेको आरोपमा सप्तरी प्रहरीले युवकका ससुरासहित तीनजनालाई विहीबार पक्राउ गरेको छ ।पक्राउ पर्नेमा राजविराज नगरपालिका–९, मलेठ निवासी रामदयाल साह, उनका २५ वर्षीय छोरा जयप्रकाश साह र छोरी अन्जना साह रहेको सप्तरीका प्रहरी उपरिक्षक मुकेशकुमार सिंहले वताए ।

दुई दिन अगाडि रामदयाल साहले आफ्नै ज्वाइँ २६ वर्षीय दीपेन्द्र मण्डललाई कुटपिट गरी हत्या गरेको प्रहरीको भनाइ छ । हनुमाननगर नगरपालिकास्थित गिदखोरा निवासी मण्डलको शव ससुराली घरभन्दा करीब एक किलोमिटर टाढा फेला परेको थियो ।

पत्नी अञ्जना साहले छोरीको जन्मदिनको बहानामा बोलाएर मण्डलको हत्या गरेको उनीहरुको आरोप छ । दुई वर्षअघि प्रेम विवाह गरेकी २२ वर्षीया अञ्जना मण्डल दीपेन्द्रकी कान्छी श्रीमती हुन् ।जेठी श्रीमती रेशमी मण्डलसँग बस्ने गरेकाले अन्जनाको परिवारले योजनाबद्ध रुपमा हत्या गरेको मृतकका परिवारजनले आरोप लगाएका छन् ।यसैबीच, पक्राउ परेका तिनैजनालाई आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयमा राखिएको प्रहरीले जनाएको छ ।

          June 15, 2018 12:27 pm | समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...