सांस्कृतिक रुपान्तरणमा सुशिला, बसिन् बाबुको किरिया
धादिङ, जेठ । जिल्लाको गल्छी गाउँपालिका वडा नं. ३ मुलाबारीकी सुशिला विक सामाजिक, सांस्कृतिक र राजनीतिक अभियन्ता हुन् ।९३ वर्षीया पातले कामीकी छोरी सुशिला उमेरको उत्तरार्धसम्म पनि विवाह नगरी बसेकी छिन् । उनी सामाजिक, राजनीतिक र सांस्कृतिक रुपान्तरणको अभियानमा स्थानीय तहमा सक्रिय छिन् । गत स्थानीय निर्वाचनमा दलित वडा सदस्य पदमा उम्मेदवारी दिएकी उनले झिनो मतले पराजय व्यहोरिन् ।
परिवारमा आमा बाबु र तीन दिदीबहिनी थिए । सुशिलाले अठोट गरिन्- घरमा छोरा नभएकोले म छोराको जिम्मेवारी निर्वाह गर्छु, विवाह गर्दिनँ । उनले जे अठोट गरिन्, त्यो पूरा गरिन् । विभिन्न रोगले थलिएकी आमालाई वर्षौंदेखि स्याहार्दै आएकी छिन् सुशिलाले । यसै हप्ता ९३ वर्षीय पिताको देहावसान भयो । उनले छोराजस्तै बाबुको किरिया बस्ने निर्णय गरिन् ।
उनी अहिले बाबुको किरिया बसिरहेकी छिन् । सानैदेखि कम्युनिष्ट विचारसँग नजिक रहेकी उनी बोली र व्यवहारबीच दूरी हुन नदिने उदाहरणीय पात्र बनेकी छिन् । कम्युनिष्ट पार्टीका नेताहरु लुकीछिपी भैंसी पूजा गर्ने र बाहिर चर्को भाषण गरिरहँदा सुशीलाको अठोट र व्यवहार उदाहरणीय रहेको स्थानीयहरु बताउँछन् ।
June 15, 2018 2:22 pm | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कुवेतमा नेपाल पत्रकार महासंघको ७१औं स्थापना दिवस सम्पन्न; ‘एआई र पत्रकारिता’ विषयमा विशेष अभिमुखीकरण
अर्थ मन्त्रालयद्वारा बजेट मार्गदर्शन तयार
राजनीतिक विषयमा प्रवेश गर्दैनौँ तर अशान्ति फैल्याउने गतिविधि रोक्छौँ : काठमाण्डाैका सीडीओ
एमाले अध्यक्ष ओली त्रिवि शिक्षण अस्पताल भर्ना
जजीरा एयरवेजले काठमाडौँ रुट सुरु गर्यो, कुवेत र दक्षिण एसिया बीचको सम्पर्क सञ्जाललाई थप सुदृढ बनायो ।
सांसदहरूको शपथका लागि बहुउद्देश्यीय हल तयार
चैत १५ भित्र सबै मन्त्रालयले योजना तथा कार्यक्रम पठाइसक्नुपर्ने
कुवेतमा दूतावासको मातहत ‘र्यापिड रेस्पोन्स टास्कफोर्स’ गठन: