Tuesday 10th March 2026

आलियाका विषयमा रणबीर कपुरको स्पेशल कुरा

8 years अगाडी

मुम्बई। रणबीर कपुर यतिबेला आफ्नो फिल्म संजय दत्तको बायोपिक ‘संजू’ लाई लिएर निकै व्यस्त छन्। फिल्मलाई लिएर निकै उत्साह पनि छ। र फिल्मलाई दर्शकले रुचाउने कुरामा रणवीर विश्वस्त पनि छन्। संजू पछि रणबीर कपुरको फिल्म ‘ब्रम्हास्त्र’ रिलीज हुँदैछ। पछिल्लो समय उनी आफ्नो फिल्मको शुटिङ मेहबुब स्टुडियोमा गरिरहेका छन्। रणबीर जुन कालकारसँग काम गर्छन्, ती कालकारबाट आफू सँधै सिक्ने प्रयास गरिरहने बताउँछन्। रणबीरले यो क्रममा सबै को–स्टार्सको नाम पनि लिए। उनले आफू यतिबेला अमिताभ बच्चन र अलिया भाटबाट धेरै कुरा सिकिरहेको बताए।

उनले अमिताभ बच्चनबाट आफूले धेरै कुरा सिक्न पाएको बताए। आलियका विषमया उनले आलिया नयाँ कलाकार भएको बताए। ‘मेरो क्षेत्रमा दश वर्ष व्यतित भयो, आलियाको ६ वर्ष भयो,’ उनले भने, ‘आलिया निकै काममा एकाग्र हुने कलाकार हुन्। यो उमेरमा यत्रो एकाग्र हुनु ठूलो कुरा हो। आलिया आफ्नो कामलाई लिएर निकै फोकस्ड हुन्छिन्। उनी राम्री अभिनेत्री त हुन नै साथै काम गर्ने समय अन्य कलाकारलाई पनि सहयोग गर्छिन्।’
उनले आफूलाई आलियासँग काम गर्दा धेरै खुशी मिलेको बताए।

          June 15, 2018 2:27 pm | चलचित्र


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...