

सर्जक दिपक कँडेलको शव्दमा “आर्यघाट” नामक गीत बजारमा (भिडियो सहित)

काठमाडौ। हिरा मोति सुन फल्छ यहि देशमा बोलको गीत बाट गीत संगितमा पाइला टेकेका लोकप्रिय सर्जक दिपक कँडेलको उत्कृष्ट शव्द सिर्जनामा जिवन कँडेल र सिता श्रेष्ठको आवाज रहेको नयाँ गित आर्यघाट भर्खर मात्र सार्वजनिक भएको छ । यहि गीतबाटै गायक जिवन कँडेलले सांगितीक क्षेत्रमा पाइला टेकेका छन भने उनको पहिलो गीतमै उत्कृष्ट आवाज समेत दिएका छन भने निकै लोकप्रिय गायीका सिता श्रेष्ठले पनि गीतमा निकै न्याय गरेर गायकी छन ।
गीतमा जापानमै रहेका सर्जक तथा गायक समुन्द्र राज पौडेलले लय सिर्जना गरेका हुन । दिपिक म्युजिकले बजार व्यवस्थापन गरेको सो गीत सार्वजनिक भएपछि हामीसँग कुरा गर्दै नव गायक जिवन कँडेलले आफ्नो पहिलो सिर्जना सबैले माया गरि दिनेमा आफु आशावादी रहेको बताउनु भयो । त्यस्तै सर्जक दिपक कँडेलले जिवनको आवाजमा सम्भावना रहेको बताउनु भयो । सरोज रोशन भट्टराईले म्युजिक भिडियो निर्देशन गरेको सो गीतमा कृष्ण आचार्य र सञ्चिता शाहीको अभनिय रहेको छ । गीतले मायाप्रेमलाई विषयबस्तु बनाएको छ ।
उक्त गीतको पुरा म्युजिक भिडियो हेर्नुहोस।

प्रतिकृयाहरू :
समाचारहरु:

भर्खरै प्रकाशित

निरेम म्युजिक फेस्ट २०२५ स्थगित भयको छ।

सरोकारवाला पक्षसँग निरन्तर सम्पर्कमा रहेका छाैँ : मानव अधिकार आयोग

जेन जी’ प्रदर्शन : १९ जनाको ज्यान गयो, झन्डै साढे ३ सय जनाकाे उपचार चल्दै

कुवेतस्थित नेपाली दूतावासमा नयाँ द्वितीय सचिवको कार्यभार प्रारम्भ

आज अन्तर्राष्ट्रिय परोपकार दिवस

प्रेस विज्ञप्ती (महेश पक्ष)एनआरएनए कुवेतद्वारा तथ्यहीन समाचारको खण्डन

३० गतेदेखि १ सय ११ ठाउँमा चाडपर्वलक्षित सहुलियत मूल्य पसल सञ्चालन हुने

वीरगञ्जमा अहिलेसम्म १ सय ३६ जनामा हैजा सङ्क्रमण

