विश्वकप फुटबल : आज ८ टोली भिड्दै, यस्तो छ खेल तालिका
काठमाडौँ । फुटबलको महासंग्राम रुस विश्वकप फुटबल २०१८ मा ३२ राष्ट्र सहभागी छन्। बिहीबार सुरु भएको विश्वकपको तेस्रो दिन आज ४ खेलमा ८ टोली भिड्दै छन्। आज साँझ ५ बजेर ४५ मिनेटमा फ्रान्स र अष्ट्रेलियाबीच खेल हुँदैछ भने ६ बजेर ४५ मिनेटमा हुने दोस्रोमा खेल अर्जेन्टिना र आइसल्याण्डबीच भिड्ने छन्। त्यस्तै तेस्रो खेल पेरु र डेनमार्कबीच हुने छ। पेरु र डेकमार्कबीचको खेल वेलुकी ९ बजेर ४५ मिनेटमा सुरु हुने छ। त्यस्तै आजको अन्तिम तथा चौथो खेलमा क्रोएसिया र नाइजेरिया भिड्दैछन्। उक्त खेल राति १२ बजेर ४५ मिनेटमा सुरु हुनेछ।
विश्वकप विजेताको दाबेदार मानिएको अर्जेन्टिनाले विश्वकप २०१८ को पहिलो खेलमा पहिलो पटक विश्वकपमा सहभागी बनेको आइसल्याण्डसँग भिड्दैछ। आइसल्याण्ड विश्वकपमा सहभागी बनेको नयाँ टोली भएकाले अर्जेन्टिनासँग भिड्नु निकै चुनौतिपूर्ण देखिन्छ। विश्वकपको दोस्रो दिन हिजो ३ खेलमा ६ टोली सहभागी बनेका थिए। जसमध्ये पोर्चुगल र स्पेन ३३ को बराबरीमा खेलेका थिए। त्यस्तै इजिप्ट रउरुग्वेबीच भएको खेलमा उरुग्वे विजयी भएको थियो। त्यस्तै हिजो भएकै मोरोक्को र इरानबीचको अर्को खेलमा मोरोक्कोका खेलाडी अजिज बौहाद्वाजले अतिरिक्त समयमा आत्मघाती गोल गरेपछि सोही गोल इरानको जितका लागि निर्णायक बन्यो।
June 16, 2018 11:12 am | खेलकुद
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
प्रतिब्यारेल २ सय डलरमा तेल किन्न विश्व तयार हुनु : इरान
१६५ क्षेत्रकै मतपरिणाम सार्वजनिक, कसले कति सिट ल्याए ?
सामाजिक सुरक्षा टावरमा आगलागी भएपछि अधिकांश कुवेती बैंकहरूले मुख्यालय बन्द गरे..
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता