अंकरा, टर्कीको जेट विमानबाट इराकमा भएको आक्रमणमा परी, कम्तीमा २६ को मृत्यु
अंकरा, असार । टर्कीको जेट विमानबाट इराकमा भएको आक्रमणमा परी कुर्दिस वकर्स पार्टी (पीकेके) समूहका कम्तीमा २६ लडाकू मारिएका छन् ।आतङ्कवादी विरुद्ध चलाइएको सुरक्षा कारवाही अभियान अन्तर्गत उनीहरू मारिएको अधिकारीहरूले शुक्रबार जनाएका छन् ।
इराकको उत्तरी क्षेत्रमा भएको कारबाहीका क्रममा मारिने सवै जना पीकेके का लडाकू रहेका जनाइएको छ ।
उत्तरी इराकको क्वान्डिल क्षेत्रमा रहेका लडाकूहरूलाई लक्षित गरी आक्रमण गर्ने उद्देश्यले मंगलवार नै टर्कीको लडाकू विमान आएको टर्कीका कर्मचारीले एक वक्तव्यमा जनाएका छन् ।
टर्कीले इराकको क्वान्डिल र सिन्जार क्षेत्रमा आतङ्कवादी विरुद्धको सुरक्षा कारबाही अभियान चलाएको राष्ट्रपति रिसेप तैयप एर्दोगानले सोमबार बताएका थिए ।यस्तो खाले सुरक्षा कारबाही सिरियाको ओलिभमा पनि चलाइएको छ । इराकको उत्तरी क्षेत्रमा क्रियाशिल पिकेकेलाई अङ्कराले आतङकवादीको सूचीमा राखेको छ ।घटना भएको सो पहाडी क्षेत्र टर्कीसँगको दक्षिणपूर्वी सिमा क्षेत्र र इराकको इर्बील प्रदेशको सिमा क्षेत्रमा पर्दछ ।
June 16, 2018 12:04 pm | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कुवेतमा नेपाल पत्रकार महासंघको ७१औं स्थापना दिवस सम्पन्न; ‘एआई र पत्रकारिता’ विषयमा विशेष अभिमुखीकरण
अर्थ मन्त्रालयद्वारा बजेट मार्गदर्शन तयार
राजनीतिक विषयमा प्रवेश गर्दैनौँ तर अशान्ति फैल्याउने गतिविधि रोक्छौँ : काठमाण्डाैका सीडीओ
एमाले अध्यक्ष ओली त्रिवि शिक्षण अस्पताल भर्ना
जजीरा एयरवेजले काठमाडौँ रुट सुरु गर्यो, कुवेत र दक्षिण एसिया बीचको सम्पर्क सञ्जाललाई थप सुदृढ बनायो ।
सांसदहरूको शपथका लागि बहुउद्देश्यीय हल तयार
चैत १५ भित्र सबै मन्त्रालयले योजना तथा कार्यक्रम पठाइसक्नुपर्ने
कुवेतमा दूतावासको मातहत ‘र्यापिड रेस्पोन्स टास्कफोर्स’ गठन: