आइसल्याण्ड भर्सेस अर्जेन्टिनाः नयाँ अनुभवी टिमले पल्टाउला त पासा ?
एजेन्सी । आज राति ग्रुप डीमा रहेको अर्जेन्टिनाले आइसल्याण्डसँग आमने सामने गर्दैछ । आइसल्याण्डको यो पहिलो विश्वकप हो । उसका लागि यो विश्वकप यात्रा कठिन हुनसक्छ । तर, पनि उच्च रहेमा रहेका कारण अर्जेन्टिनाले गम्भिरताका साथ यस विश्वकपलाई लिएको खेल विश्लेषकहरु बतााउँछन् ।हालसम्म २ पटक मात्रै विश्वकपको उपाधि उचालेकोअर्जेन्टिनासँग आइसल्याण्डले कस्तो रणनीति अपनाउने हो सबैको चासोको विषय बनेको छ ।मेसी अर्जेन्टिनाको कप्तान हुन् उनकै कप्तानीमाअर्जेन्टिना विश्वकप २०१८ मा उत्रिँदैछ । मेसीको लागि यो अन्तिम मौका पनि हुन सक्छ आफ्नो राष्ट्रलाई विश्वकप दिलाउने । मेसीका अन्य शारथीहरू पनि निकै लयमा छन् । डिफेन्स मिडफिल्ड र फरर्वाड लाइन पनि राम्रो भएको हुदाअर्जेन्टिनालाई उपाधि दाबेदार राष्ट्रका रुपमा हेरिएको छ ।
अर्जेन्टिनाले अहिलेसम्म सन् १९७८ र १९८६ गरी दुई पटक विश्वकपको उपाधि जितेको छ ।
खेलाडी सूची
अर्जेन्टिनाले विश्वकपको लागि छानेको २३ सदस्यीय खेलाडी
गोलकिपर
विली क्याबालेरो (चेल्सी)
नाह्वेल गुजमान (टिग्रेस)
फ्रान्को अर्मानी (रिभर प्लेट)
डिफेन्डर
गाब्रियल मार्काडो (सेभिया)
फेड्रिको फाजियो (रोमां
जेभियर मास्चेरानो (हेवेइ फच्र्यून)
निकोलास ओटामेन्डी (म्यान्चेस्टर सिटी)
मार्कोस रोजो (म्यान्चेस्टर युनाइटेड)
निकोलास टाग्लाफिको (आएक्स)
मार्कोस आकुवाना (स्पोर्टिङ लिस्बन)
क्रिस्टियानी आस्लादी (टोरिनो)
मिडफिल्डस
एभर बनेगा (सेभिया)
लुकास बिग्लिया (एसी मिलान)
एंगेल डी मारिया (पीएसजी)
जियोभानी लो सेल्सो (पीएसजी)
म्यानुअल लान्जिनी (वेष्ट ह्याम)
क्रिस्टियन पाभोन (बोका जुनियर्स)
म्याक्सिमिलानो मेजा (इन्डिपेन्डेन्ट)
इडुआर्डो साल्भियो (बेन्फिका)
फरवार्ड
लियोनल मेसी (बार्सिलोना)
गोन्जालो हिगुइन (युभेन्टस)
पाउलो डिबाला (युभेन्टस)
सर्जियो अगुइरो (म्यान्चेस्टर सिटी)
प्रशिक्षक जोर्गे साम्पावली : अर्जेन्टिनाको प्रशिक्षकको जिम्मेवारी चिलीलाई कोपा अमेरिका जिताउने जोर्गे सम्पावलीले पाएका छन् । साम्पावलीलाई यति ठूलो जिम्मेवारी आएको छ की तीन पटक फाइनलमा पुगेर हारेको पीडा भुलाउन पनि विश्वकपमा अर्जेन्टिनाको प्रदर्शन राम्रो हुनुपर्नेछ ।
साम्पावली एक सफल प्रशिक्षक हुन् । उनले खेलाडीहरु छनोट गर्दा पनि टिमलाई बनाउने तरिकाले छानेका छन् ।
आइसल्याण्ड : त्यस्तै आइसल्याण्ड पनि यसपटकको विश्वकपमा राम्रो प्रभाव पार्न चाहन्छ ।उसको टिम सेट यस्तो रहेको छ ।काउन्टर अट्याक र आपासी तालेमल आइसल्याण्डको बलियो हतियार हुन् । लामो पास तथा सेट पिसमा आइसल्याण्डका खेलाडीहरु माहिर छन् । बिशेषगरी गिल्फी सिगर्ड्सन र जोहान बर्ग गौमोण्ड्सन। जसले अर्जेन्टिनालाई गाह्रो बनाउन सक्छ । पछिल्लो अवस्था हेर्दा अर्जेन्टिना अग्रपंक्ति जति बलियो छ, डिफेन्स लाइन त्यति धेरै बलियो छैन । चोटका कारण रोजाईका गोलकिपर रोमेरो पनि टोलीमा हुने छैनन् ।
June 16, 2018 12:59 pm | खेलकुद
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
प्रतिब्यारेल २ सय डलरमा तेल किन्न विश्व तयार हुनु : इरान
१६५ क्षेत्रकै मतपरिणाम सार्वजनिक, कसले कति सिट ल्याए ?
सामाजिक सुरक्षा टावरमा आगलागी भएपछि अधिकांश कुवेती बैंकहरूले मुख्यालय बन्द गरे..
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता