Saturday 4th April 2026

मौसमविद् भन्छन्: धुलो वर्षादेखि सजक रहनुस्

8 years अगाडी

–सिवी अधिकारी

काठमाडौँ। भारतको राजस्थानलगायत आसपासका क्षेत्रको धूलो आँधीका कणहरु नेपाली वायुमण्डलमा मिसिएपछि धमिलो वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।पश्चिमी वायुको प्रभावका कारण उक्त धुलो उच्च वायुमण्डलमा प्रवेश गरेकाले मध्यपहाडी भेग र दक्षिणतिरका भू–भागमा धमिलो वर्षा ९धमिलो वा पहेँलो रंगको हिलो मिसिएको पानी० भइरहेको महाशाखाका मौसमविद् मीनकुमार अर्यालले जानकारी दिए।उनका अनुसार गएराति पश्चिमबाट प्रवेश गरेको धुलो वर्षा आज काठमाडौँमा पनि भएको छ। उपत्यकामा विभिन्न क्षेत्रमा बिहान र अहिले पनि धुलो वर्षा भएको हो।

उच्च वायुमण्डलमा धुलोका कण अझै पनि रहेकाले एक÷दुई दिन जारी रहने मौसमविद् अर्यालको भनाइ छ। “धुलोको कण हट्न वर्षा भएर सफा गर्नुपर्ने हुन्छ। यसमा हावाको गति पनि पश्चिमबाट पूर्वतर्फ रहेकाले पूर्वी वायुलाई कमजोर तुल्याएको हुँदा पूर्णरुपमा हट्न केही दिन समय लाग्ने देखिन्छ,”– उनले भने।मौसमविद्को भाषामा ‘डस्ट स्ट्रोम’ भनिने धमिलो वर्षा भारतको राजस्थान, दिल्ली हुँदै नेपाल प्रवेश गरेको सम्भवतः यो पहिलो घटना हो। धमिलो वर्षाले सामान्य अवस्थामा भन्दा स्वास्थ्यमा समेत असर गर्ने देखिएकाले सजक रहन पनि विज्ञले सुझाएका छन्।

राजधानीसहित कतिपय स्थानमा आकासे पानी संकलन गरी विभिन्न प्रयोजनमा उपयोग गरिने गरिएको छ । मौसमविद् अर्यालले यदि घरेलु उपयोगका लागि पानी संकलन गरीएको भए एक÷दुई दिनको पानी संकलन नगर्न र कुनै पनि प्रयोजनका लागि उपयोग नगर्न सर्वसाधारणमा आग्रह गरे।धमिलो वर्षामा रसायनिक तत्वको समिश्रण हुनसक्ने खतरा रहेकाले त्यस्तो पानी उपयोग नगर्न उहाँको सुझाव छ। “मनसुनको समयमा यो अनौठो किसिमको वर्षा नेपालमा पहिलो पटक भएकाले हामी मौसमविद् पनि अचम्ममा परेका छौँ, यस्तो वर्षा भएको रेकर्ड हामीसंग छैन्, यहाँ हिउँदको समयमा दुई÷तीन दिन तुवालो लागेको बेला वर्षा भएको खण्डमा फाट्टफुट्टै रुपमा देखिने गरेको थियो तर, भारतको राजस्थानमा ‘डस्ट स्ट्रोम’ धुलोको हुरी चलिरहन्छ,”– मौसमविद् अर्यालले भने।

नेपालमा मनसुन प्रवेश गरेको लामो समयसम्म पनि सक्रिय हुन नसकेको र केही दिनदेखि जारी रहेको पश्चिमी वायुको प्रभावका कारण पूर्व र मध्यका केही क्षेत्रमाबाहेक वर्षा हुन सकेको छैन।मौसमविद्को भनाइमा तत्काल मनसुन सक्रिय हुने देखिँदैन किनकी यसका लागि पश्चिमी वायुको प्रभाव पूरै हट्नुपर्छ। मनसुन अहिले कमजोर छ, पूर्वमा मात्र केन्द्रित रहेको छ। मनसुनी हावा पूर्वबाट बग्नुपर्ने हुन्छ, जुन त्यति कडा मात्रमा छैन। मनसुन समयमा वायुमण्डलको माथिल्लो तहसम्म पुग्नुपर्ने हुन्छ। पश्चिमी वायुले पूर्वी हावालाई पुनः पूर्वतिरै धकेलेका कारण पनि मनसुन सक्रिय हुन अवरोध सिर्जना भएको छ।

मौसमविद् सुवास रिमालले मनसुन सक्रियम हुन अझै केही दिन लाग्ने बताए। महाशाखाले आठ दिनअघि ९जुन ८, २०१८० बाट मनसुन नेपाल प्रवेश गरेको घोषणा गरेको थियो।महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँमा ६, ताप्लेजुङमा १८, पोखरामा ३० र धनगढीमा ७ मिलिमिटर वर्षा भएको छ। तीन दिनअघि काठमाडौँको अधिकतम तापक्रम ३१ दशमलव पाँच पुगेकोमा आज भने अधिकतम तापक्रम २७ र न्यूनतम १९ डिग्री सेल्सियस रहेको छ।

धुलो वर्षाबारे महाशाखाको ध्यानाकर्षण

शुक्रबार साँझबाट देशका विभिन्न भू–भागमा पहेँलो धुलोसहितको धमिलो वर्षा भएको भन्ने विभिन्न माध्यमबाट जानकारी हुन गएको भन्दै विभागले एक विज्ञप्ति निकालेर ध्यान आकृष्ट भएको जनाएको छ।भारतको राजस्थान आसपासको मरुभूमिमा केही दिनदेखि चलेको धुलोको हुरी पश्चिमी वायुको प्रभावले क्रमशः पूर्वतिर सर्दै गंगाको फाँटमाथिको वायुमण्डलमा विस्तार हुँदै नेपालको वायुमण्डलमा समेत प्रवेश गरेको हुँदा शुक्रबार रातिबाट परेको वर्षामा धेरै स्थानमा धमिलो वा पहेँलो रंगको हिलो मिसिएको पानी परेको देखिएको विज्ञप्तिमा उल्लेख छ।राजस्थान आसपासका मरुभूमिमा अझै पनि धुलोको हुरी चलिरहेको र सो पूर्वतिर सर्ने क्रम जारी रहेको हुँदा मनसुन सक्रिय भई देशको पश्चिमी भागसम्म नाफैलिँदासम्म अझै केही दिन सो धुलोको प्रभाव नेपालको वायुमण्डल तथा पर्ने पानीमा देखिने सम्भावना रहेको महाशाखाले जनाएको छ।

          June 16, 2018 4:06 pm | समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...