Monday 10th November 2025

यस्तो छ रहस्य,झापामा महिलाको शव जल्दै गर्दा अचानक महिलाको पेट फुटेर निस्कियो नवजात शिशु

7 years अगाडी

यस्तो खबर भर्खरै आयो । जुन हेर्न र पढ्न सकिन्न । दाङमा बजारमा सामान किनेर छोरा सहित ३ जना एउटै बाईकमा घर फर्किदै गरेका दम्पत्ति र छोराको एकैठाँउ दुखद निधन भयो । तिब्र गतिमा गुडेको मोटरसाईकल अनियन्त्रित भई बाटोमा बनेको भौतिक संरचनाको कापमा छिर्दा ठाँउको ठाँउ निधन भयो । दृष्य हेर्दा अत्यन्तै विभत्स छ । उनीहरु हटियाबाट सामान किनेर घर फर्किदै थिए । घोराही बाट लमही जाने राजमार्गमा पर्ने उक्त स्थानमा सडकमा डिजेल पोखिएका कारण सवारी अनियन्त्रित भएको थियो

प्रहरीका अनुसार सवारीको डिजेल पोखिएका कारण धेरै सवारी चिप्लिएका थिए । तर यो मोटरसाईकल तिब्र गतिमा भएका कारण नियन्त्रण गुमाएर नजिकै यात्रु प्रतिक्षाका लागि बनाएको संरचनामा पुगेर धसारिएको थियो । बाईक उक्त संरचनाको कापभित्र चिरेपछि श्रीमती पछिडी पछारिइन् ।श्रीमान र छोरा अगाडी ठोकिएर तीनै जनाको ठाँउको ठाँउ निधन भयो । सडकमा हेलचेर्याई गर्दा यसरी नै धेरै मानिसको अकालमा ज्यान गएको छ । थोत्रा मोविल र इन्धन चुहिने भएका सवारी सडकमा गुड्नु । सवारीबाट चिप्लो पदार्थ मोविल, इन्धन चुहिएको थाहा हुँदाहुँदैपनि त्यसलाई पुछ्ने वा सोस्ने गरी सुख्खा बस्तु नहालिदिँदा धेरैले ज्यान गुमाएका छन् । सामान्य लापरवाहिले मानिसको ज्यान गइरहेको छ । सबैलाई जिम्मेवार बनाउन यो समाचार पढिसकेपछि सक्दो सेयर गरौँ । गराऊ ।

          June 16, 2018 4:20 pm | रोचक


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...