भविष्यमा २५ घण्टाको हुनेछ १ दिन, चन्द्रमाका कारण हुँदैछ ठूलो परिवर्तन
एजेन्सी। जिन्दगीमा बढ्दो भागदौडका कारण मानिसहरुलाई दिनमा २४ घण्टा पनि कम लाग्छन् । हामीले केही व्यक्तिहरुले ‘दिनमा केही घण्टा अझै बढी भए…’ भनेको सुनेका पनि छौं । अबका केही वर्षमा भने वास्तवमै दिनमा २५ घण्टा हुने बताइएको छ । भूगर्भशास्त्रीका अनुसार भविष्यमा दिन २४ घण्टाको नभइ २५ घण्टाको हुनेछ । यसको पछाडिको कारण चन्द्रमाको मन्द गति भएको बताइएको छ । जसका कारण दिन विस्तारै लामो हुँदैछ ।
अर्बौं वर्षदेखि पृथ्वीको वरिपरि घुमिरहेको चन्द्रमा र पृथ्वीको दूरी विस्तारै बढिरहेको छ । अर्कोतर्फ चन्द्रमाको गतिको कारण पृथ्वीमा दिन विस्तारै लामो हुँदै गइरहेको छ । करिब १.४ अरब वर्ष पहिले चन्द्रमा र पृथ्वीबीचकोदूरी निकै कम थियो । त्यतिबेला पृथ्वीमा मात्रै १८ घण्टा ४१ मिनेटको दिन हुन्थ्यो । यो दूरी बढ्दै गएपछि अहिले १ दिनमा २४ घण्टा हुन्छन् । भविष्यमा यो दूरी अझै बढ्ने भएकोले पृथ्वीमा दिन अझै लामो हुनेछ ।
अमेरिकाको युनिभर्सिटी अफ भिस्कोसिन मेडिसिनका भूगर्भ वैज्ञानिक स्टिफन मेयर्सले आफ्नो अध्ययनको माध्यमबाट पृथ्वीको घुमाइ र चन्द्रमाको अवस्थितिको आपसी सम्बन्ध बताएका छन् । मेयर्सका अनुसार आफ्नो मन्द गतिका कारण जति भन्द्रमा पृथ्वीबाट टाढा हुँदैछ पृथ्वीको गति पनि घटिरहेको छ । किनकि ब्रह्माण्डमा पृथ्वीको गति अन्य ग्रहबाट प्रभावित हुन्छ । लाखौं वर्षदेखि पृथ्वी र चन्द्रमाको बीचको दूरीको अध्ययन गर्दा थाहा भएको छ कि यी दुई पिण्डबीच दूरी बढिरहेको छ ।
June 16, 2018 4:46 pm | टिप्स/जानकारी
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
बङ्गलादेशमा विद्यार्थी नेताको अन्त्येष्टि समारोहमा हजारौंको सङ्ख्यामा समर्थक सहभागी
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :