गर्मी गराएको भन्दै सूर्यविरुद्ध पुलिसमा उजुरी, कानूनी कारवाहीको माग !
7 years अगाडी
coderpradip
एजेन्सी – जाडो, गर्मी, बादल, वर्षा सबै प्रकृतिको नियम नै हो । अहिले गर्मीको मौसम छ, र केही महिनापछि जाडो आउँछ । गर्मी बढि भयो भने के गर्ने ? जिउलाई चिसो र शितल बनाउने खालका उपायहरु अपनाउनु पर्ला तर भारतमा एकजना मानिसले चाहीँ धेरै गर्मी भएको भन्दै सूर्य विरुद्ध पुलिसमा मुद्वा हालेका छन् ।
मध्यप्रदेशको शाजापुरका शिवपाल सिंहले स्थानीय पुलिस चौकीमा सूर्य भगवान विरुद्ध उजुरी दर्ता गराएका छन। आफु पछिल्लो ६ हप्तादेखि उधुम गर्मीबाट पीडित भैरहेको भन्दै उनले आकाशबाट वषिर्रहेको आगोले आफुलाई निकै समस्या भएको उनले उजुरीमा उल्लेख गरेका छन् ।
अत्यधिक गर्मीको यो समस्याका लागि ब्रम्हाण्ड निवासी श्रीमान सूर्यनारायण जिम्मेवार रहेको भन्दै उनले भारतीय संविधान तथा अन्य कानून बमोजिम सूर्यलाई सख्त कारवाही हुनुपर्ने माग पनि गरेका छन् ।
June 17, 2018 12:02 am | रोचक
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
निकाेलस भुसाल गाेरखाबाट पक्राउ
तीन महिनामा २ लाख जनाभन्दा धेरैले श्रम स्वीकृति लिए
बेलायतमा रेलभित्र छुरा प्रहार, ९ जना गम्भीर घाइते
शहरी विकास मन्त्री घिसिङबाट बञ्चरेडाँडा ल्याण्डफिल्ड साइटको अनुगमन
कुवेतमा १४ नोभेम्बरमा फुटबलको कुम्भ मेला लाग्दै, टिम दर्ता र टाईसिट ०७ नोभेम्बरमा
कुवेतमा यात्री समाजको देउसी -भैलो, दक्षिणा समाजसेवामा
संसद् पुनःस्थापनाको अडान छाडेर चुनावमा सहभागी हुन ‘जेनजी’ प्रतिनिधिको प्रस्ताव
प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दामा सर्वोच्च अदालतद्वारा अन्तरिम आदेश दिन अस्वीकार
Loading...