Saturday 4th April 2026

प्युठानमा दुईजना युवा युवतीको रहस्यमय मृत्यु

8 years अगाडी

प्यूठान, असार । प्यूठानको झिमरुक–५ का शिरबहादुर जिसी र सृष्टि जिसीको रहस्यमय मृत्यु भएको छ । आफन्तमा विवाह भएको भनी केटीकी आमाले चौकी ओखरकोट मच्छीमा उजुरी गरेपछि प्रहरीले उनीहरुलाई पक्राउ गरेको थियो ।झिमरुक गाउँपालिकाका अध्यक्ष तिलक जीसीसहित प्रहरी चौकी मच्छिमा भएको छलफलले निकास ननिकालेपछि जिल्ला प्रहरी कार्यालमा पठाइएको थियो ।

जिल्ला प्रहरीको मुद्धा फाँटमा मुद्धा लेख्दैगर्दा दुवैजनाले बान्ता गरेपछि उपचारका लागि प्यूठान अस्पताल विजुवार लगेपनि त्यही उनको ज्यान गएको थियो । बाटोमा चिया खान होटलमा गएका बेला उनीहरुले विष खाएको हुनसक्ने प्रहरीको अनुमान छ ।

प्रहरी नियन्त्रणमा रहेको बेला प्रहरीको लापरवाहीले गर्दा विष सेवन गर्ने वातावरण पाएको भन्दै मृतकका आफन्तले शव बुझ्न मानेका छैनन् ।आफन्तले शनिबार दिउँसोदेखि मच्चि क्षेत्रमा यातायात बन्द गराएर दोषी प्रहरीलाई कारबाहीको माग गरेका छन् ।

          June 17, 2018 10:16 am | समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...