त्रिभुवन राजपथ सञ्चालन, कुलेखानी सडक अवरुद्ध
हेटौँडा। त्रिभुवन राजपथको महाभिर र सातघुम्तीमा गए राति परेको वर्षाले पहिरो जाँदा अवरुद्ध भएको सडक अहिले पहिरो हटाई हेटौँडा–काठमाडौँ तर्फको यातायात सञ्चालनमा ल्याइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। यसैगरी, मदन भण्डारी राजमार्गअन्तर्गत पर्ने हेटौँडा कुलेखानी सडकअन्तर्गत पर्ने धाखेलको मानेभञ्ज्याङ र सिस्नेरीको सुकौरा ड्याममा गए राति आएको वर्षाले काठमाडौँ–हेटौँडा तर्फको बाटो अवरुद्ध भएको छ।
पालुङबाट डोजर र प्राविधिकहरु सडक खुलाउन बिहानै त्यसतर्फ पठाइसकिएको र आज अपराह्न सम्ममा यातायात सञ्चालनमा ल्याई सकिने मकवानपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी चक्रबहादुर बुढाले जानकारी दिए। पहिरो गई त्यसको सूचना समयमा नै नपाउँदा काठमाडौँबाट हेटौँडातर्फ जाने त्रिभुवन राजपथ र भीमफेदी कुलेखानी सडकखण्डमा सयौँ सवारी आगमन अवरुद्ध रहेको र सडकहरुमा यात्रुहरु अलपत्र भई कठिनाइ भोग्नु परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दिलीपराज झाले बताए।
June 17, 2018 10:38 am | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कुवेतमा नेपाल पत्रकार महासंघको ७१औं स्थापना दिवस सम्पन्न; ‘एआई र पत्रकारिता’ विषयमा विशेष अभिमुखीकरण
अर्थ मन्त्रालयद्वारा बजेट मार्गदर्शन तयार
राजनीतिक विषयमा प्रवेश गर्दैनौँ तर अशान्ति फैल्याउने गतिविधि रोक्छौँ : काठमाण्डाैका सीडीओ
एमाले अध्यक्ष ओली त्रिवि शिक्षण अस्पताल भर्ना
जजीरा एयरवेजले काठमाडौँ रुट सुरु गर्यो, कुवेत र दक्षिण एसिया बीचको सम्पर्क सञ्जाललाई थप सुदृढ बनायो ।
सांसदहरूको शपथका लागि बहुउद्देश्यीय हल तयार
चैत १५ भित्र सबै मन्त्रालयले योजना तथा कार्यक्रम पठाइसक्नुपर्ने
कुवेतमा दूतावासको मातहत ‘र्यापिड रेस्पोन्स टास्कफोर्स’ गठन: